मन्त्री र हाकिमका घरमा खटाइएका प्रहरीहरु सातदिन भित्र फिर्तागर्न निर्देशन



भिआइपीहरुका घरमा घरेलु कामदारका रूपमा खटाएका प्रहरीहरुअबदेखी कार्यफिल्ड मै फर्कने भएका छन् । गृह मन्त्रालयले सात दिनभित्र उनीहरुलाई फिर्ता गर्न निर्देशन गरेपछि उनीहरु कार्यक्षेत्रमा फर्कने भएका हुन् ।

बहालवाला मन्त्री, पूर्वमन्त्री तथा प्रहरीका उच्च अधिकारी र विशिष्ट व्यक्तिले असुरक्षाको कारण देखाउँदै प्रहरी कर्मचारी लिएर घरेलु काममा प्रयोग गरेको पाइएकोले गृहले यस्तो निर्देशन दिएको हो । यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

दुरुपयोग गरिएका कर्मचारी सात दिनभित्र फिर्ता गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइएको गृह प्रवक्ता रामकृष्ण सुवेदीले बताए ।
गृहका अनुसार झन्डै ६ हजार प्रहरी कर्मचारी घरेलु काममा लगाइएका छन् ।

निर्वाचनका वेला प्रहरीले कुल दरबन्दी ७२ हजार सात सय ३३ मध्ये ६७ हजारको सूची मात्रै पेस गरेपछि गृह पाँच हजार सात सय ३३ प्रहरीको खोजीमा लागेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्