अमेरिकाले सुरु गर्यो सिरियामाथी आक्रमण, यसको जवाफ कसरी देला रसियाले ?



१ वैशाख
काठमाडौं
रासायनिक आक्रमण गरेको भन्दै अमेरिकाले सिरियामाथी हवाई आक्रमण सुरु गरेको छ ।

अमेरिाकालाई फ्रान्स र ब्रिटेनले साथ दिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रको नाममा सम्बोधन गर्दै आक्रमण जारी रहने बताएका छन् ।
अमेरिकी हमलापछि सिरियाको राजधानी दमास्कस र आसपासका क्षेत्रमा धुवाँको मुस्लो देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले बताएका छन् । उता सिरिया सरकारलाई सहयोग गर्दै आएको रुसले पनि जवाफी कारवाही गर्ने बताउँदै आएको छ ।

रुसले पनि हवाइ हमलाको तयारी गरिरहेको बताइएको छ ।

अमेरिकाको आक्रमणले विश्‍वयुद्ध निम्त्याउन सक्ने बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्