बैशाख ६ देखि नमस्ते राप्ती संचालनमा आउँदै



सैघाली खबर

दाङ १ बैशाख । यात्रुलाई गुणस्तरिय यातायात सुविधा दिने उदेश्यका साथ दाङमा नमस्ते राप्ती यातायात प्रा.लि. संचालनमा आउँने भएको छ । पत्रकारले शनिवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि यस्तो जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रा.लि का अध्यक्ष बामदेब खनालले यात्रुहरुलाई सरल सहज तथा गुणस्तरिय सेवा प्रदान गर्नका लागि आफुले ६ गते देखि सेवा संचालनमा ल्याउँन थालेको वताउँनुभयो । त्यसका लागि नयाँ ११ वटा डिलक्स गाडी ल्याँउने तयारी भएको वताउँनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै ८० लाख रुपैयाँ बरावरको थर्डपाटी बिमाको व्यवस्था समेत लागु गरेको वताउँनुभयो । पहिलो चरणमा दाङ–काठमाण्डौ,दाङ–सल्यान, रुकुम, घोराही, मुर्कुटी, दाङ बुटवल, दाङ,कृष्ण नगर दाङ नेपालगंज, र दाङ र भारतको नयाँ दिल्ली सम्मको रुटमा सेवा संचालन गर्ने बताउँनुभयो । कुनैपनि स्थानबाट आएका यात्रुहरुलाई गन्तव्यमा पु¥र्याउँन आफुहरु लाग्ने वताउँनुभयो । पत्रकार सम्मेलन प्रा.लि.का अध्यक्ष बामदेब खनालको अध्यक्षतमा भएको कार्यक्रमको संचालन सुदन केसीले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्