एमाले नेता झलनाथ खनाल भन्छन्ः पार्टी एकता कसैले रोक्न सक्दैन



१ वैशाख, विराटनगर

नेकपा एमालेका नेता झलनाथ खनालले एमाले माओवादीको एकतालाई कसैले रोक्न नसक्ने उद्घोष गरेका छन । पार्टी एकता प्रतिशतका आधारमा नभई समानताको आधारमा हुने उनले बताए । ९ वैशाख मा होस या १८ मा, अब पार्टी एकीकरण हुन्छ, हुन्छ । दुई पार्टीको एकतालाई यो धर्तीको कुनैपनि तागतले रोक्न सक्दैन ।

 विराटनगरको विमानस्थालमा शनिबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता खनालले पार्टी एकतालाई धर्तीको कुनै तागतले रोक्न नसक्ने ठोकुवा गरे । उनले भने, ५० प्रतिशत भन्ने सहमति भएको छैन । समानताको आधारमा पार्टी एकीकरण हुन्छ, सहमति भएको कुरा पनि त्यही हो ।’

उनले अगाडि  भने, ‘९ वैशाख मा होस या १८ मा, अब पार्टी एकीकरण हुन्छ, हुन्छ । दुई पार्टीको एकतालाई यो धर्तीको कुनैपनि तागतले रोक्न सक्दैन ।’पार्टी एकीकरणका लागि राजनीतिक प्रतिवेदन र संगठनसम्वन्धी अन्तिरिम विधान तयार भइसकेको भन्दै एमाले वरिष्ठ नेता खनालले त्यसमा सानातिना समस्या भए दुई दलको वैठक वसेर टुङ्ग्याउन सकिने बताए ।

पार्टी एकताको दस्तावेजमा जनयुद्ध शब्द राख्नु पर्ने माओवादी अडानबारे सोधिएको प्रश्नमा खनालले भने, ‘उहाँहरुले १० वर्ष जनयुद्ध गरेकै हो, यसमा के भन्न पर्छ र ।’ पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले अगाडि भने, ‘यसको राजनीतिक भूमिका छ । सकारात्मक भूमिकालाई समर्थन गछौं, नकारात्मक भूमिकावाट शिक्षा लिन्छौं ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्