ओलीको व्यंग्य भाषण सुनेर हाँस्दा हाँस्दै वडाध्यक्षको मृत्यु



२ वैशाख
सैघाली-खबर

जुम्ला / प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण सुन्दासुन्दै जुम्लाका एकजना जनप्रतिनिधीको मृत्यु भएको समाचार छ । ओलीले ‘रारा–कर्णाली पर्यटन वर्ष–२०७५’ को उद्घाटनको क्रममा गरेको ब्यग्यांत्मक भाषण सुन्दासुन्दै उनको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जुम्ला कनकासुन्दरी गाउँपालिका–७ का वडाध्यक्ष कालीबहादुर घर्ती रहेका छन् । ओलीले महोत्सव उद्घाटनको क्रममा सम्बोधन गरिरहँदा घर्ती ढलेका थिए ।

प्रत्यक्षदर्शी वीरबहादुर घर्तीका अनुसार प्रधानमन्त्रीको ब्याग्यत्मक भाषण सुनेर घर्ती सुरुमा धेरै हाँसेका थिए । उनले हासो रोक्न सकिरहेका थिएनन् । हासो नियन्त्रण गरे तर लगत्तै उनी ढलिहाले ।

नेकपा एमालेबाट निर्वाचित वडाअध्यक्ष घर्तीलाई बेहोस अवस्थामै नजिकै रहेको स्वास्थ्य शिविरमा उपचारको लागि लगिएको थियो । केही समयपछि शिविरमा रहेका स्वास्थ्यकर्मीहरुले मृत घोषणा गरेका थिए ।

जानकारीमा आएजस्तै कालिबहादुरको मृत्यु हाँस्दाहाँस्दै भएको हो भने प्रधानमन्त्रीको भाषण सुनेर मृत्यु हुने उनी पहिलो व्यक्ति हुन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्