२ वैशाख
सैघाली-खबर, काठमाडौं/ प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री यादवलाई शनिबार सर्लाहीमा हृद्यघात भएको छ । हाल उनको उपचार काठमाण्डौस्थित गंगालाल ह्रदयरोग केन्द्रमा उपचार भइरहेको बताइएको छ ।
उनी राष्ट्रिय जनता पार्टी नेपालका वरिष्ठ नेता हुन।
अकस्मात ढलेर बेहोस भएपछि उनलाई तत्काल हेलिकप्टरबाट काठमाडौं ल्याइएको उनको सचिवालयले जनाएको छ ।
मन्त्री यादवलाई हेलिकोप्टरबाट उपचारको लागि काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार मन्त्री यदव खतरामुक्त रहेका छन् ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।