जेसीज सप्ताह शुरु



सैघाली खबर
दाङ, २ बैशाख । त्रिभुवननगर जेसीज दाङको वार्षिक कार्यक्रम अन्र्तगत सप्ताहव्यापी कार्यक्रम शुरु गरेको छ । नयाँ वर्ष २०७५ सालको सु– अबसर पारी सप्ताहव्यापी कार्यक्रम शुरु गरेको छ ।

जेसीज सप्ताह कार्यक्रम अन्र्तगत पहिलो दिन १ गते प्रभातफेरी तथा शुभकामना आदान प्रदान , २ गते रक्तदान , ३ गते पत्रकार र जेसीहरु विच मैत्रीपूर्ण फुटवल प्रतियोगिता , ४ गते लागु औषध दुव्र्यसनी सम्वन्धी सचेतना मूलक कार्यक्रम , ५ गते निशुल्क स्वास्थ्य शिविर तथा शैक्षिक सामाग्री वितरण , ६ गते जेसीज बोर्ड स्थापना तथा ट्राफिक सचेतना मुलक कार्यक्रम र ८ गते साहित्यीक कार्यक्रम संगै समापन गरिने जेसीजका अध्यक्ष लालमणि भण्डारीले जानकारी दिनुभयो ।

दोस्रोदिन रक्तदान

जेसीज सप्ताहको दोस्रोदिन आज आईतवार रक्तदान गरिएको छ । जीवनदान नै रक्तदान भन्ने मुलनाराका साथ रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान गर्नेहरुमा यशोदा रोका मगर, बुद्धिप्रकाश शर्मा , युवराज पन्त, निशा गिरी , तिलक केसी , लालमणि भण्डारी , रोशन दाहाल , कृष्णदेव थापा , विमल खड्का , रविकिरण केसी , नविन अभिलाषी , दुर्गा खत्री , थानेश्वर पौडेल, माधव पौडेल, चन्दन भण्डारी , राम वहादुर गिरी , आरती केसी र रनिण शिल्पकार गरी १९ जनाले रक्तदान गर्नुभएको थियो ।

रक्तदान कार्यक्तम त्रिभुवननगर जेसीजका अध्यक्ष लालमणि भण्डारीको अध्यक्षता तथा रक्त रेडक्रस घोराही उपशाखाका सभापति थम्मन चौधरीको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्र सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा दाङ महिला जेसीजकी डोमा पाण्डे लगाएतकाले बोल्नुभएको थियो । भने कार्यक्रमको बारे जेसीज सप्ताह वर्ष २०१८ का मूल कार्यक्रम संयोजक मिनराज भाटले प्रकाश पार्नुभएको थियो । रक्तदान कार्यक्रमका संयोजक नविन अभिालाषीको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव बुद्धिप्रकाश शर्माले गर्नुभएको थियो । भने रक्तदान

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्