सैघाली खबर,
चितवन २ बैशाख। – मुग्लिन नारायणगढ सडकखण्ड आइतबारदेखि फेरि दैनिक ६ घण्टा बन्द हुँदैछ । बिहान १० देखि दिउँसो ४ बजेसम्म गाडी चलाउन नमिल्ने मुग्लिन नारायणगढ सडक विस्तार आयोजनाले जनाएको छ ।
आयोजनाका प्रवक्ता समेत रहेका इन्जिनियर शिव खनालका अनुसार हिजो नयाँ वर्षको लागि भन्दै खुल्ला गरिएको सडकमा आइतबारदेखि फेरि दैनिक ६ घण्टा गाडी चलाउन रोक लागेको छ । पछिल्लो पटक थपिएको म्याद अनुसार आउँदो जेठ १६ गतेसम्ममा यो सडक विस्तारको काम सक्नुपर्नेछ ।
तोकिएको समयमा विस्तार सम्पन्न गर्नेगरी काम भैरहेको आयोजनाले जनाएको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।