यी दुई कुरा नभए एकता नगर्न वाइसिएलले दियो प्रचण्डलाई दवाव



 

सैघाली खबर,
काठमाडौं, २ बैशाख । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० समर्थित युवाहरुको संगठन योंग कम्युनिष्ट लिग ९वाइसिएल०ले मुख्य दुईवटा कुरा नभएमा पार्टी एकता नगर्न अध्यक्ष प्रचण्डलाई दवाव दिएको छ । वाइसिएलका इन्चार्ज मणि थापा र अध्यक्ष दीपशिखासहितको टोली अध्यक्ष प्रचण्डको निवासमा पुगेर त्यस्तो दवाव दिएको हो ।

वाइसिएलले एकीकृत पार्टीको विधान प्रस्तावनामा जनयुद्ध शव्द नराख्ने र संगठनमा समान हैसियत नपाउने हो भने एमालेसँग पार्टी एकता नगर्न नेतृत्वलाई दवाव दिएको हो । वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा “दीपशिखा”ले पार्टी विधानमा जनयुद्ध उल्लेखै नगरेमा पार्टी एकताको औचित्य नहुने बताए । उनले संगठनात्मकरुपमा समान हैसियत नभएमा एकता स्वीकार नगर्न अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएको पनि बताए ।

जनयुद्ध र बराबर हैसियतमा सहमति भएमा मात्रै वैशाख ९ गते नै एकता तर त्यसमा सहमति नभएमा एकता पनि हुँदैन भनेर नेतृत्वलाई आफूहरुले भनेको दीपशिखाले बताए । “त्यस्तो एकता वाइसिएलले मान्दैन भनेका छौं”, दीपशिखाले थपे । प्रचण्डले पनि वाइसिएलको धारणा आम माओवादी नेता÷कार्यकर्ता र शुभेच्छुकहरुको पनि भावना हो भन्दै समानताको आधारमा र सम्मानजनक नै एकता हुने बताएको दीपशिखाले जानकारी दिए

एकीकृत पार्टीको अध्यक्ष दुईजना नराख्न पनि नेतृत्वको ध्यानाकर्षण गराइएको तर, त्यसलाई भने प्रचण्डले स्वीकार नगरेको बताइएको छ । जनयुद्ध शव्द र बराबरी हैसियतको कुरालाई अध्यक्ष प्रचण्डले स्वीकार गरे पनि दुई अध्यक्षात्मक प्रणालीको विषयमा भने सहमति भइसकेकाले अब परिवर्तन गर्नु हुँदैन भनेको बताइएको छ । प्रचण्डले एकताको अधिकतम पहल भइरहेको जानकारी दिएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्