अभिनेत्री सोनम कपूर यही अप्रिलमै विवाह गर्दै



सैघाली खबर,
बलिउड अभिनेत्री सोनम कपूरको विवाह व्यापारी आनन्द आहुजासँग हुने कुराले अहिले बलिउड तातेको छ ।

यो जोडीको विवाह कहिले मे महिनामा हुने त कहिले अप्रिलमै हुने भनेर विभिन्न खबरहरु आए पनि अब भने साँच्चै विवाह कहिले हुने भन्ने कुराको टुंगो लागेको छ । सोनम कपूर र आनन्द आहुजाको विवाह यही अप्रिल २९ र ३० मा हुनेछ । यसअघि विवाह स्विट्जरल्याण्डमा हुने बताइएता पनि अब भने विवाह भारतको मुम्बईमा नै हुने भएको छ । सोनम र आनन्दको विवाह मुम्बईको कुनै पाँचतारे होटलमा अप्रिल २९ र ३० अर्थात दुई दिनमा सम्पन्न हुनेछ ।

सोनम कपूरका काका बोनी कपूरकी श्रीमती श्रीदेवीको निधनका कारण विवाह कार्यक्रम निकै नै साधारण तरिकाले हुनेछ । विवाहमा केवल पारिवारिक सदस्य तथा निकट व्यक्तिहरुलाई मात्रै आमन्त्रित गरिनेछ । साथै आमन्त्रित व्यक्तिहरुलाई विवाहका वारेको खबर गोप्य राख्न र मिडियालाई यसबारे कुनै जानकारी नदिनसमेत बताइएको छ ।

सोनमको विवाहका लागि उनका मातापिता निकै दुविधामा रहेका थिए । श्रीदेवीको अचाक भएको मृत्युका कारण विवाहलाई अर्को साल गर्ने मनसाय पनि बनाएका थिए । तर बोनी कपूर स्वयमले विवाहको मितिलाई नलम्ब्याएर पहिला निर्धारित मितिमै विवाह गर्न सल्लाह दिएपछि अनिल कपूर छोरी सोनमको विवाह गर्न राजी भएका हुन ।

आनन्द आहुजा भारतको दिल्लीका स्थापित उद्योगपति हुन । परिवारकै स्वीकृतिमा आनन्दलाई सोनमले दुइवर्षदेखि डेट गरिरहेकी छिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्