थुप्रै रोगका लागि उपयोगी छ ‘हेड मसाज’



सैघाली खबर
बैशाख २
दिनभरको भागदौडका कारण बेलुकीपख पूरै शरीर थकित हुने गर्छ । थकानका कारण मस्तिष्कले न कुनै कुरा सोच्न सक्छ, न त सम्झन नै । त्यस्तो अवस्थामा शरीरलाई परानै अवस्थामा फर्काउन तथा शरीरलाई तरोताजा राख्न आरामका साथै मालिसले पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ । मालिसले दिमागमा रक्तसञ्चारको प्रवाह प्रभावकारी रूपमा गर्नुका साथै मस्तिष्कमा अक्सिजनको पूर्ति समेत राम्ररी गर्दछ ।

परिणामस्वरूप शरीरले आराम त महसुस गर्छ नै, गहिरो निद्राका कारण शरीरले फुर्तिलो समेत महसुस गर्छ ।

 

 

विशेषगरी राम्रो तेलको प्रयोगद्वारा जब कपालको मालिस गरिन्छ, त्यसले मस्तिष्कलाई शान्त राख्ने मात्र नभई कपाललाई समेत सुन्दर, लामो तथा बाक्लो बनाउन सहयोग पुर्‍याउँछ । यसबाहेक पनि, कपाल मालिस गर्नुका अनेकौ फाइदा छन्ः

माइग्रेन तथा टाउको दुखाइमा

कहिलेकाहीँ तनावकै कारण शिर भारी हुने गर्छ । तनावकै कारण दैनिकीमा समेत प्रभाव पर्छ । तनावका बेला कपाल राम्ररी मालिस गरेको खण्डमा शरीरमा रक्तसञ्चार प्रभावकारी रूपमा हुन्छ । यसले दिमाग शान्त रहनुका साथै तनाव कम हुन्छ । टाउकोमा नियमित मालिस गरेको खण्डमा माइगेनको समस्या समेत कम हुन्छ ।

इनर्जी लेभल बढाउँछ

भागदौडको जिन्दगीका कारण आजकल थकान तथा अनिद्रा सामान्य हुँदै गएको छ । थकान तथा अनिद्राको समस्याका कारण मानिसको इनर्जी लेभल कम हुने गर्छ । दिमाग कुनै पनि कुरा सोच्ने तथा सम्झने स्थितिमा रहँदैन । थकानकै कारण व्यक्तिमा चिडचिडापन बढ्छ । त्यस्तो अवस्थामा टाउकाको मसाज गर्नाले तनाव कम हुनुका साथै गहिरो निद्रा पर्छ । जब निद्राबाट व्युँतिन्छ, व्यक्तिले ताजा तथा इनर्जेटिक महसुस गर्दछ ।

पर्याप्त निद्राका लागि

मालिस गर्नाले तनाव कम हुने गर्छ । तनाव वा अन्य कुनै कारणले अनिद्राको समस्या भएमा मालिस राम्रो विकल्प हुनसक्छ । मालिसले मानसिक तनाव कम गर्नुका साथै गहिरो निद्रा दिलाउन सहयोग पुर्‍याउने गर्छ ।

कपालका लागि फाइदाजनक

लामो, कालो, तथा बाक्लो कपालको चाहना छ भने शिरको मालिस गर्नु उपयोगी हुनसक्छ । मालिसले कपाललाई पर्याप्त मात्रामा पोषण प्रदान गर्नुका साथै कपालको जरामा रक्त प्रवाह सुचारु गर्छ । यसबाट कपालको जरा मजबुत हुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्