शरीरमा प्रोटिनको कमी भएमा देखिनसक्छ यस्ता लक्षण



सैघाली खबर
बैशाख २
स्वस्थ शरीरका लागि स्वस्थ भोजन आवश्यक छ । स्वस्थ भोजन त्यो हो जुन जुन पोषण तत्वले भरिपूर्ण हुन्छ । । शरीरका लागि आवश्यक पोषण तत्वहरूमा कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, मिनरल्स, क्याल्सियम आदि पर्छन् ।

शरीरमा प्रोटिनको कमी भएमा कपाल फुल्ने, कपाल झर्ने, टुक्रिने तथा नङ्ग पातलो हुने गर्दछ । प्रोटिनको कमीकै कैयौंलाई पटक पटक भोक लाग्ने गर्दछ । यसको कमी भएमा व्यक्ति बारम्बार विरामी समेत पर्ने गर्छ ।

 

 

कैयौंको मानसिक स्थितिमा समेत नकारात्मक असर पर्छ । तनाव, डिप्रेसन, चिडचिडापन लगायतको लक्षण देखा पर्ने गर्छ ।

प्रोटिनको कमी भएमा शरीरको रोग प्रतिरोधात्मक क्षमतामा कमी आउँछ । शरीरमा विभिन्न रोगको संक्रमण हुने गर्छ भने घाउ पुरिन तथा रोग निको हुन समेत समय लाग्ने गर्छ ।

यसको कमीकै कारण शरीरमा पर्याप्त मात्रामा एन्जाइमको निर्माण हुँदैन, जसका कारण पाचन प्रणाली समेत प्रभावित हुने गर्छ ।

शरीरमा प्रोटिनको कमी भएमा देखिने अन्य लक्षण

(शरीरमा प्रोटिनको कमी भएमा रगतमा सुगरको मात्रा कम हुने गर्छ । जसका कारण मुड बद्लिने, रिस उठ्ने, तनाव उत्पन्न हुने गर्दछ । कतिसम्म भने तनावकै कारण शरीरले कमजोरी तथा थकान महसुस गर्न थाल्छ ।

(शरीरमा प्रोटिनको कमी भएमा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउँछ । जसका कारण व्यक्ति बारम्बार विरामी पर्नुका साथै व्यक्तिलाई जीउ दुख्ने समस्या देखा पर्छ ।

(शरीरमा प्रोटिनकै कमी भएमा रगतमा सेतो रक्तकोषिकाका साथै हेमोग्लोविन समेत कमी हुने गर्दछ । रगतमा सेतो रक्तकोषिका तथा हेमोग्लोविनको कमी भएमा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउँछ ।

(प्रोटिनको कमीका कारण सुन्दरता समेत प्रभावित हुन्छ । प्रोटिनको कमीले कपाल झर्ने, टुक्रने तथा नङ भाँचिनेजस्ता समस्या समेत निम्तन्छ ।

(शरीरमा प्रोटिनको निकै कमी भए जोर्नी समेत दुख्ने गर्दछ । जोर्नीमा पाइने तरल पदार्थको निर्माणमा समेत कमी आउनसक्छ । जसले गर्दा जोर्नी लचिलो नहुनुका साथै जोर्नी अकडिने तथा दुख्ने गर्दछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्