राजपा माने प्रदेश–२ मा नयाँ मतपत्र



८ असार, काठमाडौं ।

Election-Commission-Nepal33

राष्ट्रिय जनता पार्टी नेपालले २ असोजमा हुने प्रदेश–२ को स्थानीय तह निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाए छाता चुनाव चिह्नको व्यवस्था गर्न निर्वाचन आयोग लचिलो बन्ने संकेत गरेको छ । आयोगको उच्च स्रोतले दिएको जानकारी अनुसार आन्दोलनरत राजपाले प्रदेश–२ मा २ असोजका लागि निर्धारित तेस्रो चरणको निर्वाचनमा सहभागी हुने सुनिश्चितता देखाए नयाँ मतपत्र छाप्न सकिने संकेत गरेको हो ।

‘राजनीतिक परिस्थिति त्यहीअनुसार अघि बढेको छ । नायँ दल दर्ता र नयाँ चिह्न दिनुपर्ने अवस्था देखिँदै छ । त्यो अवस्थामा नयाँ मतपत्र छाप्न आयोगलाई समय पनि छ । लामो समयसम्मका ग्याप के का लागि त रु’ आयोग स्रोतले भन्यो, ‘उहाँहरु निर्वाचनमा सहभागी हुन समयभित्र नै प्रक्रियामा आए नयाँ मतपत्र छाप्न सकिन्छ ।’ तर, असार मसान्तभित्रै सरकार र राजपाबीच सहमति भएर प्रक्रियामा आइसक्नुपर्ने आयोगको भनाइ छ ।

copy by onlinekhaber……………

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्