विकास र समृद्धिको यात्रा कर्णालीबाट शुरु भएको प्रधानमन्त्रीको भनाइ



सैघाली खबर
काठमाडौं ,२ बैशाख

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश आर्थिक र मानव विकास सूचकांकमा पछाडि परेकाले विकास र समृद्धिको यात्रा पनि कर्णालीबाटै शुरु भएको घोषणा गर्नुभएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले वीरेन्द्रनगरले आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कर्णालीलाई समृद्धिको यात्रामा डो¥याउन संघीय सरकार र प्रदेश सरकारले योजना बनाइरहेको बताउँनुभयो ।

“अब कर्णाली प्रदेशलाई पछाडि पर्न दिइन्न, उहाँले भन्नुभयो । प्रधानमन्त्रीले विकासका दृष्टिले पछाडि परेको प्रदेशलाई विकासको मूलप्रवाहमा ल्याउनका लागि आफूले पहिलो प्रदेश भ्रमण कर्णालीबाटै गरेको स्पष्ट गर्दै कर्णाली प्रदेश दक्षिणको छिमेकी भारतसँग सीमा नजोडिएकाले उत्तरको छिमेकी चीनसँग विभिन्न ठाउँमा सीमा जोड्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशको बिकट भूगोलका कारण अहिले कै अवस्थामा सबै जनतालाई विकाशका पूर्वाधार पु¥याउन मुस्किल भएकोले आधुनिक ढंगले बस्ती विस्तार गर्नुपर्ने बताउनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्