लिटिल मिस दाङको उपाधी खड्कालाई



सैघाली खबर
दाङ , २ बैशाख । वालवालिकाहरुको सिर्जनात्मक प्रतिभा विकासका शुरु भएको लिटिल मिस दाङको उपाधी घोराही उपमहानगरपालिका १५ शान्तीनगर टोलकी आयुष्मा खड्काले जित्नुभएको छ । जनज्योती विद्यामन्दिर घोराहीमा कक्षा ५ मा अध्ययनरत खड्काले १४ प्रतिस्पर्धीहरु लाई पछि पार्दै उपाधी हात पार्नुभएको हो ।

सिर्जनात्मक तथा कलात्मक प्रस्तुतीमा दक्ष रहेकी खड्कालाई लिटिल मिस दाङ २०१८ ताज परि¥याएको हो । त्यस्तै लिटिल मिस दाङको दोस्रो उपाधी घोराही उपमहानगरपालिकब १८ ढोडेनीकी जिज्ञासा नेपालीले जित्नुभएको छ ।

लिटिल एन्जल माध्यामिक विद्यालयमा ६ मा अध्ययनरत हुनुहुन्छ । त्यस्तै लिटिल मिस दाङको तेस्रो उपाधी घोराही उपमहानगरपालिका ६ की सामना शर्माले हात पार्नुभएको छ । जनज्योती विद्यामन्दिर कक्षा ३ मा अध्ययनरत शर्मालाई पनि ताज पहि¥याएको थियो । उत्सर्ग फिल्मस् नेपालकी सल्लाहाकार सुलोचना प्रधानको अध्यक्षता तथा राप्ती साहित्य परिषद केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनालको प्रमुख आतिथ्यता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त अबसरमा सहभागी प्रतियोगीहरु लाई पनि विभिन्न पुरस्कारहरु वितरण गरिएको थियो । पव्लीक च्वाइस अर्वाड श्रुति चन्द , मिस क्युट अवार्ड , सायम पुन मगर, डिसीपिलन अर्वाड आशिका शर्मा , बेष्ट क्याटवाक आयुष्मा खडका , स्टाइल अवार्ड सामना शर्मा , मिस ट्यालेन्ट अवार्ड अनुष्का आचार्य , बेष्ट ड्रेस अवार्ड श्रुती चन्द , फ्रेन्डली अवार्ड र आयोजक च्वाईस अवार्ड आरजु योगी , लिडरसीप अवार्ड सुधा जिएम , ईन्टेलिजेन्ट अवार्ड विहानी शर्मा , बेष्ट क्युन निरुतासिंह ठकुरी र मिस अल राउण्डर अवार्ड जिज्ञासा नेपाली लाई प्रदान गरिएको थियो । भने प्रतियोगिताको निर्णायकमा प्राध्यापक निशान्त अचार्य, संगितकार सन्तोाष श्रेष्ठ र बिन्दु गिरी कुँवर रहनुभएको थियो ।

उक्त कार्यक्तममा नेपा ल पत्रकार महासंघका दाङका अध्यक्ष सविन प्रियासन , महिला अधिकारकर्मि शुशिला पौडेल पत्रकार द्वय बसुन्धरा गौतम र सुलोचना पोख्रेल लाएतकाले बोल्नु भएको थियो । भने कार्यक्रमको स्वागत मन्तव्य उत्र्सग फिल्मस् नेपालका निर्देशक केएल पीडितले गर्नुभएको थियो । उत्र्सग फिल्मस् नेपाल र रोयल व्यूटी एकेडेमीको आयोजनामा सम्पन्न भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्