दाङको समृद्धिका बृहत छलफल



सैघाली खबर
दाङ , २ बैशाख । दाङको एकिकृत विकासका लागि साझा अबधारणा निर्माण गर्ने उद्देश्यले मंगलवार दाङमा संङ्घीय तथा प्रदेश संसदका सासंदहरु , स्थानीय तहका प्रमुख तथा उपप्रमुख राष्ट्रिय पार्टीका प्रमुख तथा पदाधिकारीहरु बृहत छलफल हुने भएको छ ।

जिल्ला समन्वय समिति दाङको आयोजनामा मंगलवार घोराही टिथ्री पार्टी प्यालेसमा विहान ७ वजेदेखि बेलुका ४ वजे सम्म जिल्लाको समृद्धिका लागि दूरदर्शी योजना निर्माण बारे छलफल हुने पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको छ । आईतवार जिल्ला समन्वय समिति दाङले पत्रकार सम्मेलन जिल्लाको एकिकृत विकासका लागि साझा अबधारणा र उद्देश्य निर्माणका लागि सम्पूण पार्टी तथा निर्वाचित जनप्रतिनिधिहरु संग छलफल गर्ने जनाएको छ ।

जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले पत्रकार सम्मेलनको अध्यक्षता गर्दै उक्त कार्यक्रममा संघिय संसदका सभामुख कृष्ण वहादुर महराले प्रमुख एंव मुख्यमन्त्री शंकर पोख्रेलले विशिष्ट आतिथ्यताको सम्वोधन गर्ने जानकारी दिनुभयो ।

त्यस्तै जिल्लाको समग्र विकासका वारेमा विकास अवधारण विज्ञ धरणी कुमार शाक्य , रमेश कुमार अधिकारी र इन्जिनियर अनन्त घिमिरे विकासको अबधारणा वारे जानकारी गराउने कार्यक्रम तय भएको जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण उपप्रमुख श्रीधर शर्मा पौडेलले गर्नुभएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्