प्रेमको पर्दाभित्र प्रेमिकाकै हत्याः यसरी खुल्यो सुर्खेतकी गीता हत्याको रामकहानी



३ वैैशाख
सुर्खेत/ यौन सम्बन्ध राख्न नदिएका कारण महिलाहरुलाई हत्या गर्ने सम्मका घटना हुन थालेका छन् । सुर्खेतमा यस्तै घटना घटेको छ ।
सुर्खेतको पञ्चपुरी–२, सालकोटकी २१ वर्षीय गिता चपागाँईको बराहताल गाउँपालिकाका कुनाथरीका १९ वर्षका सुवास बोहोराले हत्या गरेका छन् ।

उनले गितालाई भिरबाट खसालेर हत्या गरेको प्रहरीको अनुसन्धानले बताएको छ । लामो समयदेखि प्रेमी-प्रेमीकाको रुपमा रहेका उनीहरुबीच शारीरिक सम्पर्कबाट गिताको पेटमा गर्भ रहेपछि विवाद सुरुभएको बताइएको छ ।

गिताले गर्भ रहेको कारण विवाह गर्नुपर्ने भनेपछि सुवासले मानेका थिएनन् । यही विषयमा छलफल गर्न सुवासले गीतालाई जामुने जंगलमा बोलाए । विवाहकै विषयमा विवादपछि भिरबाट खसालेर गिताको हत्या गरिएको प्रहरीले बताएको छ ।

यो घटना गत पुस ४ गते रातिको हो । गिता घरबाट हराएकी थिइन् । सुवासले गीतालाई राति ११ बजे जामुने जंगलमा हत्या गरी खोल्सामा फालेर भागेपछि काभ्रेमा मजदुर गर्दै आएका थिए । गीताको परिवारले गीताको खोजी कार्य गरेपनि भेटाएका थिएनन् ।
माघ ९ गते घटना भएकै ठाउँ पञ्चपुरी नगरपालिका–८, जामुने जंगलमा टाउकोको कंकाल भटिएको थियो । प्रहरीले कंकाल गिताको हुन सक्ने आशंकामा डिएनए परीक्षण गरायो । घटना भएको ठाउँ जामुने जंगलमा प्रहरीले गिताले लगाएको कपडा, चप्पल, काँटा र कपाल पनि फेला पारेको थियो ।
गीता र सुवासबीच २०७२ वैशाख २८ गते पहिलो पटक फोनमा कुराकानी भएको थियो । गिताको साथी मार्फत् उनीहरु फोन सम्पर्क गर्न सफल भएका थिए । त्यस पछि गिता र सुवासको निरन्तर फोनमा कुरा भइरह्यो ।

उनीहरुबीच प्रत्यक्ष भेट भने गएको असार ६ गते भएको थियो । प्रहरीको अनुसन्धानमा घटना घट्नुअघि गिता र सुवासबीच पटक–पटक भेट भएको थियो । भेटघाट बाक्लिँदै गएपछि उनीहरुबीच शारिरीक सम्पर्क पनि भयो ।

यौन सम्पर्क भएपछि गिताको गर्भ रह्यो । गिताले गर्भ रहेको कुरा सुवासलाई भनिन् । त्यसपछि उनले विवाह गर्न सुवासलाई दवाव दिन थालिन । गर्भ रहेको थाहा पाएपछि सुवासले विवाह नगरी हत्या गर्ने योजना बनाए । त्यही योजनाका अनुसार सुवासले पुस ४ गते साँझ सालकोट वरिपरी भेट्न दवाव दिए ।
अन्ततः सुवासको योजना अनुसार नै गिता सालकोट पुगिन । गएको पुस ४ गते उनीहरुको सालकोटमा भेट भयो र विवाहको विषयमा कुराकानी भयो । सुवासलाई गिताले विवाह गर्न दवाव दिइन् । सुवासले उनीलाई विवाह गर्ने आश्वासन दिए । त्यपछि उनीहरु जामुने जंगल हुँदै बावियाचौर गए ।

प्रहरीका अनुसार सुवासले गितालाई जामुने जंगलकै भिरबाट धकेले र आफूले त्यहाँबाट हिँडे । प्रहरीका अनुसार सुवासले राति करिब ११ बजे भिरबाट गितालाई धकेलिदिएपछि गिता खोल्सामा रहेको ढुङ्गामा ठोक्किन पुगिन । उनको त्यही ज्यान गएको प्रहरीले बताएको छ । सुवास त्यसैरात घर पुगे ।
भोलिपल्टै आफू सुरक्षित रहनकालागि उनी वीरेन्द्रनगर हान्नीय । वीरेन्द्रनगरबाट सुवास काठमाडौँ लागे । त्यस पछि उनी काभ्रेपलाञ्चोकमा मजदुरी गरेर बसेका थिए ।

प्रहरीले गिता हराएको दिनको २४ घण्टा समयमा कुनकुन नम्बरमा कुरा भएको छ भनेर अनुसन्धान गर्‍यो । फोन डिटेलको आधारमा सुवासलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । सुवासले गिताको हत्या गरेपछि गिताको मोबाइलको सीम र आफ्नो मोबाइलको सीम त्यही फालेका थिए ।साभारः अनलाइल बडली

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्