सैघालीखबर, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टीनिकट दलित मुक्ति मोर्चा नेपाल केन्द्रीय समितिले सोमबार (आज) दिउँसो १२ः३० बजे काठमाण्डौमा अन्तरकृया कार्यक्रम गर्ने भएको छ ।
“वर्तमान दलित मुक्ति आन्दोलन र आगामी कार्यदिशा” विषयमा गरिने अन्तरक्रिया कार्यक्रममा सबैलाई उपस्थितिकालागि अनुरोध गरिएको छ ।
अनामनगरस्थित संवाद डबलीमा आयोजना गर्न लागिएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता रहने सो मोर्चाका अध्यक्ष डम्बरबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।