खारेज भएका सरकारी कार्यालय अझै हस्तान्तरण भएनन्



काठमाडौं

जिल्लास्थित सरकारी कार्यालयहरु औपचारिकरूपमा खारेज भएको घोषणा भएपनि व्यावहारिक कठिनाइले स्थानीय तहलाई हस्तान्तरण गर्न भने सकिएको छैन ।
गत चैत २८ गते बुधबार सरकारले जिल्लास्थित अधिकांश सरकारी कार्यालयहरू औपचारिकरूपमा खारेज गरेको थियो ।

खारेज गरिएका कार्यालयहरूमा मालपोत कार्यालय, नापी कार्यालय, भूमि सुधार कार्यालय, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, वन कार्यालय, सिँचाइ कार्यालय, भू–संरक्षण कार्यालय, महिला विकास कार्यालय, सहकारी डिभिजन कार्यालय, खानेपानी कार्यालय लगायत तीन दर्जन कार्यालय रहेका छन्।

खारेज भएका ती कार्यालयहरू क्रमशः हस्तान्तरण गर्दै जाने नीति सरकारले लिएको छ। त्यसै गरी जिल्ला शिक्षा कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालय जिल्ला समन्वय समिति संयोजनमा यथावत् राखिएको छ ।

जिल्लास्थित प्राविधिक कार्यालय क्रमशः हस्तान्तरण गर्दै लगिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका रुद्रसिंह तामाङले जानकारी दिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्