माइग्रेनभन्दा डरलाग्दो टाउको दुख्ने रोग



सैघाली खबर
बैशाख ३
टाउको दुख्ने रोगहरूमध्ये माइग्रेनलाई अग्रपक्तिमा राख्ने गरिन्छ । माइग्रेन टाउको सम्बन्धी यस्तो समस्या हो, जसमा पीडित व्यक्तिलाई हदैसम्म टाउको दुख्छ । त्यही कारणले त माइग्रेन रोगबाट पीडित व्यक्तिले माइग्रेनभन्दा बढी डरलाग्दो अर्को पनि रोग हुनसक्छ भनेर कल्पना समेत गर्न सक्दैन ।

जब कि चिकित्सा विज्ञानमा माइग्रेनभन्दा पनि डरलाग्दो यस्तो रोग पनि छ, जसलाई ‘थन्डरक्लाप डिजिज’ भन्ने गरिन्छ । थन्डरक्लाप यस्तो किसिमको टाउको दुखाइ हो जो विरलैलाई हुन्छ । जसलाई हुन्छ त्यही व्यक्तिलाई मात्र मस्तिष्कमा ताली पिटेजस्तो महसुस हुन्छ र पीडा हुने गर्छ । कतिसम्म भने व्यक्ति जीवन मरणकै दोसाँधमा पुग्ने गर्छ ।

 

 

सामान्यतया थन्डरक्लाप ६० सेकेन्ड वा त्यो भन्दा कम समयमा विकसित हुने गर्छ । यस्तो समस्या सबराचोनोइड रक्तस्रावको एक लक्षण हुनसक्छ ।

थन्डरक्लाप टाउको दुख्ने समस्याका कारण मात्र नभई अनियिरिजम, स्ट्रोक, चोट वा अन्य कारणले गर्दा मस्तिष्कमा हुने रक्तस्रापका कारण पनि हुने गर्छ ।

थन्डरक्लापको कारण

महिलाहरूमा हुने एस्ट्राजेन नामक हर्मोनको कमीका कारण वा अन्य प्राकृति कारण पनि धेरैलाई थन्डरक्लापको समस्या हुने गर्छ । महिलाहरूलाई महिनावारी वा त्यसभन्दा अघिको समयमा पनि यो समस्या हुनसक्छ । केही औषधी, गर्भनिरोधक चक्की, हर्मोन रिप्लेसमेन्ट थेरापी लगायतले पनि थन्डरक्लाप हुने सम्भावना बढाउँछ ।

वियर, रेड वाइन, पनिर, चकलेट, क्याफिन मोनोसोडियम, ग्लूटामेट लगायतका विभिन्न खाद्य वस्तुको सेवनले पनि थन्डरक्लापको सम्भावना बढाउँछ ।

त्यस्तै, तेज बत्ती, घामको तेज, चर्को स्वर, परफ्यूमको तेज गन्ध आदिका कारण पनि यो समस्या निम्तनसक्छ ।

त्यसबाहेक अन्य कारणले पनि यस्तो समस्या हुनसक्छः

(मस्तिष्कको रक्तस्राव

(मस्तिष्कको रक्तनलीमा अवरोध हुनु

(मृत रक्तकोषिका वा पिट्वीटरी ग्रन्थीमा रक्तस्राव हुनु

(मस्तिष्कमा रगत जम्मा हुनु वा मस्तिष्कको कुनै कोषिका च्यातिनु

(उच्च रक्तचापको स्तर परिवर्तन हुनु

(मेनेन्जाइटिस, इन्सेफलाइटिसजस्ता समस्या

थन्डरक्लापको लक्षण

(साधारण टाउको दुखाइ वा तीव्र गतिको दुखाइ

(टाउको फाटेझैँ महसुस हुनु

(शारीरिक श्रम पश्चात् टाउको बेस्सरी दुख्नु

(टाउको दुखाइका कारण दैनिक क्रियाकलापमा अवरोध खडा हुनु

(वाकवाकी लाग्नु, वान्ता हुनु

(आवाज तथा प्रकाशप्रति संवेदनशील हुनु

(थन्डरक्लाप दुखाइका कारण ब्रेन स्ट्रोकको खतरा बढ्नु

(दृष्टिमा परिवर्तन आउनु

(कमजोरी महसुस हुनु

(चक्कर लाग्नु

(दोधार हुनु

अमेरिकामा गरिएको एक अनुसन्धानले थन्डरक्लापको समस्या हुने व्यक्तिमा स्ट्रोकको खतरा अन्य व्यक्तिको तुलनामा दोब्बर हुने जनाएको छ । अनुसन्धानकर्ता वैज्ञानिकहरूका अनुसार उनीहरूको यस अध्ययनले स्ट्रोकप्रतिको संवेदनशीलता अध्ययन गर्नमा मद्दत मिल्नेछ । वैज्ञानिकहरूले जनाएअनुसार धूमपानसित सम्बन्धित अस्वस्थकर बानीव्यहोराका कारण पनि थन्डरक्लापको समस्या निम्तने गर्छ । त्यसैले टाउकाको आधा भागमा बेस्सरी टाउको दुखेमा यसलाई गम्भीर रूपमा लिएर तुरुन्तै साथ चिकित्सकसित सम्पर्क गर्नुपर्छ ।अन्यथा साधारण टाउको दुखाइले पनि कुन बेला थन्डरक्लाप जस्तो गम्भीर रूप लिनसक्छ, यसै भन्न सकिँदैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्