सैघाली खबर,
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अधयक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन् । एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठकाअनुसार आज साँझ ५ बजे बैठक बोलाइएको छ ।
बैठकमा पार्टी एकताबारेमा छलफल हुनेछ । पार्टी एकतामा एमालेले आधा हिस्सा नछाड्ने र जनयुद्ध शब्द पनि राख्न नहुने बताएपछि माओवादी नेताहरुले दुबै हुनुपर्ने भन्दै अडान राखेका छन् ।
बैशाख ९ गते हुने भनिएको पार्टी एकताबारे अन्यौल देखिएको छ । अहिले माओवादी अध्यक्ष प्रचण्ड र ओलीबीच छलफल भइरहेको छ ।
![TopLine](https://thahaonline.com/wp-content/themes/saighali_khabar/img/thahaonline-logo.png)
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।