पातुखोलामा अटो भिलेज



 

दिपक बोहरा,

 

तुलसीपुर ३ बैशाख ।तुलसीपुरमा नयाँ अटो भिलेज निर्माण कार्य सुरु भएको छ । तुलसीपुरको पातुखोलामा अटोभिलेज निर्माणको काम शुरु भएको हो । तुलसीपुर उपमहानगरपालिका र अटो व्यबसायीहरुको संयोक्त लगानीमा उक्त अटोभिलेज निर्माण हुन लागेको हो । तुलसीपुर उपमहानगरपालिका ६ र ९ को सिमानामा रहेको पातुखोला किनारमा अटोभिलेज निर्माण हुन लागेको तुलसीपुर उपमहानगरपालिकाका ईञ्जिनियर पवन कुमार योगीले बताए । उनका अनुसार पहिलो चरणमा ४० लाखमा काम शुरु भएको छ । तुलसीपुरको नयाँ बसपार्कबाट झन्डै चार पाँचसय मिटर दक्षिण तर्फको पातुखोलामा नयाँ अटो भिलेज निर्माण गर्न लागिएको उनले बताए । यस अघि तुलसीपुर बसपार्कमा रहेको ग्यारेजमा अटो ब्यबस्थापन गर्ने भनिएपनि आधुनिक बसपार्क निर्माण गर्ने कार्य अघि बढेपछि त्यहाँबाट अटो ब्यबसायीलाई तुलसीपुर ६ र ९ को सिमानामा रहेको कमल पोखरी बन उपभोक्ता समितिको जग्गामा अटोभिलेज निर्माण गरी ब्यबस्थापन गर्न लागिएको निर्माण समितिका अध्यक्ष टोप बहादुर महताराले बताए । उनका अनुसार चैतको शुरु देखि काम थालनी गरिएको र जेठमा काम पुरा गर्ने लक्ष्य रहेको उनले बताए ।

पातुखोला पश्चिमको भाग वडा नं. ९ मा पर्छ भने पातुखोला पूर्व तर्फ तुलसीपुर सुकौरा सडक खण्ड छेउको भाग वडा नं. ६ मा पर्छ । सोही ठाउमा तुलसीपुर उपमहानगरपालिकाको २० लाख र अटो व्यबसायीको २० लाख गरी ४० लाखमा अटोभिलेज निर्माण हुन लागेको ईञ्जिनियर योगीले बताए । पछि भाडामा मिलाउने गरी अटो ब्यबसायीले अटो भिलेज निर्माणमा सहयोग गरेको योगीले बताए । अटो भिलेजबाट प्रति मिटर एकसय ६० रुपैंयाको दरले भाडा लिने सहमति भएको उनले बताए ।

योगीका अनुसार पहिलो खण्डमा तुलसीपुर ६ मा रहेको ३ विगाहा क्षेत्रफलमा काम भईरहेको छ भने दोस्रो खण्डमा तुलसीपुर ९ मा रहेको २ विगाहा जग्गामा काम हुने छ । अहिले अटोभिलेजको संरक्षणका लागि तार जाली र तटबन्ध बनाउने काम भईरहेको अध्यक्ष महताराले बताए । ‘ तार जाली र तटबन्ध बनाउने काम भईरहेको छ’ उनले भने ‘ तोकिएको समयमै काम पुरा हुन्छ ।’ उनका अनुसार त्यहाँ करिब तीन सय अटो ब्यबसायी अट्न सक्ने क्षमताको अटो भिलेज निर्माण हुँदैछ ।

तुलसीपुरमा एक सय २५ दर्ता भएका अटो व्यवसायी छन्, भने करिब दुई सयको हाराहारीमा दर्ता नभएर सञ्चालन भएका अटो ब्यबसायी छन् । ती सबै अटो ब्यबसाय अट्न सक्ने क्षमताको अटोभिलेज निर्माण हुन लागेको अध्यक्ष महताराले बताए । खोलाको सतहदेखि साढे २ मिटर अग्लो र जमिन मुनी एक मिटर गहिरो तटवन्ध निर्माण गरेर अटो भिलेज सुरक्षित राखिने ईञ्जनियर योगीले बताए । दोस्रो चरणमा ब्यबसाय गर्ने भवनहरु निर्माण गर्ने काम शुरु हुने अध्यक्ष महताराले बताए । उनका अनुसार त्यहाँ गाडि आवत जावत गर्ने पुल निर्माण गर्नुपर्ने बताए । पुल निर्माण नहुँदा सम्म अटोब्यबसाय फस्टाउन चुनौती हुने उनको भनाई छ ।

 

त्यहाँ पुल निर्माणका लागि करिब ७ करोड बजेट लाग्ने ईञ्जिनियर योगीले बताए । उपमहानगरपालिले अटो भिलेज ब्यबस्थापनका लागि थालेको कदम स्वागत योग्य भएको भन्दै यसलाई ब्यबस्थित रुपमा सञ्चालन गर्न उत्तिकै चुनौती भएको समेत बताए । पातुखोलाको किनार बस्तीदेखि टाढा भएकाले पनि अटो भिलेजका लागि उचित स्थान भएको उनको भनाई थियो । ‘ अटो व्यवसायबाट चर्को ध्वनी निस्कनुका साथै फलाम जन्य किला काँटीले गर्दा फोहर हुन्छ’ उनले भने‘ त्यसैले अटो भिलेज बजार तथा बस्तीदेखि टाढा हुन जरुरी छ ।

 

’ त्यस्तै नयाँ अटोभिलेज निर्माणाधिन स्थलमा विजुली बत्ति र खानेपानीको उचित ब्यबस्थापन हुनुपर्ने उनले बताए । अहिले त्यहाँ उक्त सुबिधा नभएको उनले बताए । विजुली बत्ति विना र पानी विना अटो भिलेज सञ्चालन गर्न समस्या हुने उनको भनाई छ । अटोभिलेजमा टुटेफुटेका साधनको निर्माण वल्डिङ मार्फत गरिने भएकाले त्यसका लागि बिद्युत अनिबार्य रहेको अध्यक्ष महताराले बताए । महताराका अनुसार अटो भिलेज क्षेत्रमा बिद्युत पु¥याउन एउटा नयाँ ट्रान्सफर्मर जडान गर्न जरुरी छ । त्यहा आवत जावतका लागि राम्रो वाटो पनि आबश्यक रहेको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्