दाङमा अझै २ हजार वढि वालवालिका विद्यालय बाहिर



सैघाली खबर
दाङ , ३ बैशाख । सरकारले वर्षेनी शिक्षामा ठूलो लगानी गरे पनि दाङमा अझै पनि झण्डै दुई हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेका छन्। विद्यालय बाहिर रहेका ती बालबालिकालाई यसपटक विद्यालयमा भर्ना गर्ने लक्ष्य रहेको जिल्ला विकास एवं समन्वय इकाइ दाङले जनाएको छ।

जिल्लामा रहेका दुई हजारभन्दा बढी बालबालिकालाई विद्यालय भर्ना गर्ने अभियान सञ्चालन भएको शिक्षा विकास एवं समन्वय इकाइका शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले जानकारी दिए। उनका अनुसार जिल्लामा रहेका सबै स्थानीय तहमा अहिले भर्ना अभियान सञ्चालन भइरहेको छ।

गत वर्ष जिल्लामा दुई हजार २०० भन्दा बढी बालबालिका विद्यालय बाहिर रहेकामा अहिले उक्त संख्यालाई घटाउने लक्ष्य लिइएको मैनालीले जानकारी दिए। उक्त संख्यालाई घटाउन र विद्यालयमा भर्ना गर्नका लागि जिल्लाका सरोकारवाला निकायसँग छलफलसमेत गरेको मैनालीले जानकारी दिए।

सबै अभिभावकले आफ्ना सन्तानलाई विद्यालयमा भर्ना गर्न सचेत रहेको बताउँदै शिक्षा अधिकारी मैनालीले सडक बालबालिका, अभिभावक नभएका, अन्य आफन्तकोमा बस्ने बालबालिकालाई विद्यालयमा भर्ना गर्न नसकिएको बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्