ओली र प्रचण्डको भेटवार्ता।।।। अनिर्णयको बन्दी



सैघाली खबर
काठमाण्डौ , ३ बैशाख, । पछिल्लो समयमा राजनीतिक बहस चर्चामा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र विचको समिकर चर्चामा छ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार काठमाडौं झण्डै डेढ घन्टा ‘वान टु वान’ वार्ता गरे । तर उक्त वार्ताले पनि कुनै निर्णय नै नभई टुङगियो । दुई कम्युनिष्ट पार्टीविच यही वैशाख ९ गते पार्टी एकताको घोषणा गर्ने चर्चा रहे पनि अहिले सम्म पार्टी एकता वारे ठोस निकास निस्कन सकेको छैन ।
भेट लगतै भोलि मंगलबार ९ बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ । प्रधानमन्त्री भारतको राजकीय भ्रमणमा जानु अघि नै २७ गते बैठक बस्ने तय भएको थियो । तर, माधवकुमार नेपाल चीन गएको भन्दै बसेन । भोलिपल्ट माओवादी अध्यक्ष प्रचण्ड विरामी भएको भन्दै बैठक स्थगित गरिएको थियो ।

मतभेद पनि भएन, ठोस पनि केही छैन

नेताहरुका अनुसार ओली र प्रचण्डबीच सोमबार भएको वार्तामा विवादित विषयहरुमा कुनै ठोस प्रगति भएको छैन । सबै विषयमा एकसरो छलफल भने भएको छ ।नेताहरुका अनुसार ओली र प्रचण्डबीच सोमबार भएको वार्तामा विवादित विषयहरुमा कुनै ठोस प्रगति भएको छैन । सबै विषयमा एकसरो छलफल भने भएको छ ।२९९ सदस्यीय केन्द्रीय कमिटीमा एमाले र माओवादीबाट कतिकति हुने भन्ने प्रश्न जटिल बनेको छ । एमालेले ७०र३० को अनुपात भनेपछि माओवादी झस्किएको छ र उसले समान ५०र५० हुनु पर्ने मत अघि सारेको छ ।यस्तै नेतृत्व सञ्चालन कार्यविधि पनि तय भएको छैन । केपी ओली र प्रचण्ड दुबै अध्यक्ष हुने भनिएको छ तर, दुबै अध्यक्ष कार्यकारी हुने कि एउटा सेरेमोनियल अर्को कार्यकारी हुुनु टुंगो छैन । यसमा पनि ठूलै समस्या देखिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्