गर्मीका लागि विशेष टिप्सः खानपानदेखि कपडासम्म



सैघाली खबर
बैशाख ३
गर्मी बढ्दो क्रममा छ । गर्मीकै कारण तराईका जिल्लाहरुमा ‘लू’ लाग्ने खतरा बढी हुने गर्छ । त्यस्तै पहाडी क्षेत्रहरुमा पनि गर्मीका कारण इनर्जी कम हुने गर्छ । साथै शरीरमा पानीको कमीका कारण शरीर सुस्त रहने गर्छ । यस्तोमा विशेष सावधानी अपनाएर पनि शरीरलाई गर्मीको प्रकोपबाट बचाउन सकिन्छ ।

– जस्तोसुकै परिस्थितिमा पनि खाली पेट बाहिर नजाने

 

 

– टोपी लगाएर, मुख छोपेर तथा चश्मा लगाएर मात्र बाहिर निस्कने ।

– विना सल वा चश्माको प्रयोग सीधा घाममा नजाने ।

– धेरैभन्दा धेरै पानी पिउने । पानीले शरीरको तापक्रमलाई नियन्त्रित गर्न सघाउ पुर्‍याउँछ । पर्याप्त मात्रामा पानीको सेवनले शरीरमा निर्जलीकरण हुन पाउँदैन ।

– प्याजको सेवन धेरै गर्ने । साथै प्याजलाई साथमै राख्ने ।

– अत्यधिक गर्मीको मौसममा फलफूल, जुस, दही, मही, जलजिरा, लस्सी, स्मूदी आदि पिउने ।

– हल्का पच्ने किसिमको भोजन गर्ने

– पसिना सोस्ने किसिमका नरम खालको सुती कपडा लगाउने ।

– भुटेको, तारेको वा मसलेदार खानेकुराबाट परहेज गर्ने । अन्यथा यस्ता खानेकुराले पेट बिगार्न सक्छ ।

– समय समयमा ग्लूकोजको सेवन गर्ने । आफ्नो ऊर्जालाई अनावश्यक कुरामा खर्च नगर्ने ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्