घोराही उपमहानगरपालिकाका राष्ट्रिय जनमोर्चा पार्टीका प्रमुख मेयर पदका उम्मेदवार राम बहादुर घर्ति संगको अन्र्तरबारर्ता ।।



 असार ८ दाङ ,

अमिता चौधरी

 

aa
१ बधाई छ तपाई पार्टी बाट प्रमुख मेयरको टिकट पाउनुभएकोमा !
धन्यवाद तपाई अमिता अनि सैघाली खबर लाई र सम्पूर्ण आमा बुवा,दाजुभाई, दिदिबहिनीहरु लाई पनि ।
२ तपाईको राजनीतीक यात्राको बारेमा केहि भन्दिनुस् न ?
मेरो राजनितिक यात्रा सुरु गरेको २०४९ सालमा प्यूठान जिल्ला स्वर्गद्धारीको खाला गाविस राष्ट्रिय जनमोर्चा नेपाल कम्युनिष्ट पार्टीले बिरोध सभा गरेको थियो । सात कक्षामा अध्ययन गर्दा पार्टीको झन्डा समातेको थिए ।
२०५४ सालमा अखिल नेपाल युवक संघ स्वर्गद्वारीमा पहिलोपटक संगठित भएर स्वर्गद्वारी खाल– ७ नोसमा वडा समितिको सचिवको रुपमा पनि काम गरे । २०५६ सालमा दाङ जिल्लाको घोराही नगरपालिका वडा नं १० नयाँ बजारमा राष्ट्रिय जनमोर्चाको टोल समिति अध्यक्षमा निर्वा्चित भएर २०६१ सालमा अखिल नेपाल जनजाति सम्मेलनको जिल्ला समितिको सदस्यमा निर्वा्चित भए ।
२०६३ साल असोज २५ गते सम्पन्न अखिल नेपाल जनजाति सम्मेलनको जिल्ला भेलाबाट जिल्ला सचिवमा निर्वा्चित भए । २०६७ बैशाख १५ र १६ गते सम्पन्न राष्ट्रिय जनमोर्चाको जिल्ला सम्मेलनबाट जिल्ला सदस्यमा पनि निर्वा्चित भए । लगतै एरिया भेलाबाट एरिया अध्यक्ष भएर अखिल नेपाल जनजाति सम्मेलनको २०६९ पुस २० र २१ गते सम्पन्न दोस्रो अधिबेशनबाट जिल्ला अध्यक्षमा पनि चुनिए ।

त्यस्तै, २०७० साल जेठ २९, ३० र ३१ मा सम्पन्न राष्ट्रिय अधिवेशनबाट अखिल नेपाल जनजाति सम्मेलनको केन्द्रीय सदस्यमा पनि निर्वा्चित भए । सानैदेखि अविचलित रुपमा पार्टीको नीति, सिद्धान्त र राजनीतिको पक्षमा क्रियाशील रहँदै आएर स्थानीय तहको निर्वाचनमा पार्टीले घोराही उपमहानगरपालिकाको मेयरको प्रत्यासी बनाएको छ । यसरीे मैले राजनीतीक यात्रा सुरु गरेको हो ।
३ घरदैलो अभियान कस्तो छ ?
राष्ट्रिय जनमोर्चा पार्टीले घरदैलो अभियान लाई विषेश प्राथमिक दिएको छ । कुनै पनि गाउँ, टोल, समाज, र प्रत्येक कुनाकन्दरा गई सबै मतदाता शिक्षा संगै घरदैलो कार्यक्रम सञ्चालन गरीरहेका छौं । बृद्धबृदा,आमाबुवा सबै लाई विषेश मध्यनजरमा राखेका छौ ।
४ तर सबै मतदाताको घर सम्म पुग्न गाह्रो हुन्छ होला त ?
त्यसो होईन । सबै मतदाताको घर घर पुगेर मतदाता शिक्षा दिने योजना बनाएका छौं । चुनौती बिना कसरी सफलता प्राप्त गर्न सकिन्छ र रु चुनौती लाई आत्मसाथ गर्दै अगाडि बढ्ने योजना बनाएका छौं ।

५ मतदाताको धारणा के छ ?
मतदाताहरु खुशी हुनुहुन्छ । लामो समय पछि स्थानीय तहको चुनाब हुदै छ । यसलाई सफल बनाउने कुरामा होस् या राष्ट्रिय जनमोर्चा पार्टी लाई जिताउने सवालमा उत्साहपूर्णरुपमा साथ सहयोग गर्नुभयको छ ।
६ जितेर जानेहरु फर्केर आएनन् । तपाईहरु पनि त्यस्तै हो भन्छन् होला ?
त्यो त भनिहाल्छन् । हामी त्यो कुरालाई चिर्ने प्रयासमा छौं ।
७ स्थानीय तहकै विकासका लागि त व्यक्ति पनि हेर्नु पर्ला नि ?
होइन । व्यक्तिलाई होइन , पार्टी जिताउनु पर्छ भन्ने कुरा हाम्रो मान्यता हो ।
८एजेण्डा के छन् तपाईको पार्टीको ?
घोराही उपमहानगरपालिकालाई नमुना उपमहानगरपालिका बनाउनका लागि आवश्यक काम गर्न हामी विभिन्न योजना, नितिलाई आत्मसाथ गर्दै अघि बढ्नेछौं । आवश्यक सबै पूर्बाधारको विकास गर्ने काम हामीले गर्नेछौं । खासगरी शिक्षा,स्वास्थ्य, रोजगार,कृषि,कलकारखानाको स्थापना गर्ने कुरा लाई विषेश प्राथमिकतामा राखेका छांै । विभिन्न ठाउँमा बाटो, निमार्ण अलपत्र पुलहरु लाई विस्तारै निमार्ण कार्यलाई कसरी अगाडि बढाउन सकिन्छ पहल गर्ने छौं ।
९ अन्तमा आम मतदातालाई सैघाली खबर र्माफत केहि भन्न चाहानुहुन्छ ?
मैले धेरै कुरा भनिसके । अब भन्ने भनेको राष्ट्रिय जनमोर्चा पार्टीलाई जिताउनु हो ,त्यसका लागि गिलासमा मतदान गरी अत्याधिक बहुमतले बिजय बनाउन आग्रह गछौं । अर्को विषेश गरी कस्ले कस्ता चुनावी एजेण्डा ल्याएका छन ।त्यसमा विषेश ध्यानमा राखेर मतदान गरेर भोट दिन आग्रह गर्दछु ।
अन्त्यमा , बिशेष गरि सैघाली खबरलाई धन्यावाद दिन चाहन्छु र मलाई घोराही उपमहानगरपालिकाको राष्ट्रिय जनमोर्चा पार्टी बाट प्रमुख मेयर पदमा गिलास चिन्ह्रमा मतदान गरी जिताउन हार्दिक अनुरोध गर्दछु ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्