वडा भेला सम्पन्न



सैघाली खबर
दाङ , ३ बैशाख । राष्ट्रिय जनमोर्चा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ को वडा भेला सोमवार सम्पन्न भएको छ । वडा अध्यक्ष केदार गोराथोकीकाृ अध्याषता एवं राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गणेश आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । भेला लाई सम्वोधन गर्दै प्रमुख अतिथि आचार्यले मुलुकको विकास र समृद्धिमा सदैव समर्पित बन्दै आईरहेको जनताले अनुभूत गर्ने अघि बढाउनु कार्यकर्ताहरु लाई निर्देशन दिनुभयो ।

भेलामा जिल्ला कोषाध्यक्ष ऋषिरामा पौडेल अखिल नेपाल किसान संघ जिल्ला कोषाध्यक्ष खिमानन्द खनाल अखिल नेपाल बुद्धिजीवी संघ जिल्ला सचिब स्यामलाल पोख्रेल अखिल नेपाल महिला संघ तुल्सिपुर नगर अध्यक्ष निमा रेग्मी लगाएतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

भेलाले दुर्गा भण्डारी को अध्यक्षता मा ९ सदस्यीय वडा समिति निर्बाचित गरेको छ । जसको उपाध्यक्षमा रुकुमप्रसाद भण्डारी, सचिब हरी रेग्मी , कोषाध्यक्ष केदार गोराथोकी रहनुभएको छ । त्यस्तै सदस्यहरुमा मोति भण्डारी, जगत केसी , बाबुराम न्योपाने र खगप्रसाद पोख्रेल रहनुभएको छ । राष्ट्रिय जनमोर्चा दाङको आगामी जेष्ठ ४ र ५ गते सम्पन्न हुने जिल्ला सम्मेलन हुने भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्