चौतारी दाङको अध्यक्षमा जे.एन. सागर



सैघाली खबर दाङ,३ बैशाख । प्रेस चौतारी दाङको अध्यक्षमा जे.एन. सागर (जय नारायण) पुन सर्वसम्मत रुपमा चयन हुन भएको छ । चौतारीको आठौँ जिल्ला अधिवेशन उहाँला अध्यक्षमा निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा इन्द्र विबश डिसी,सचिव प्रेमबहादुर राम्जा,सहसचिवमा सुधा सुमन ढकाल,कोषाध्यक्ष दशरथ घिमिरे रहनु भएको छ ।

सदस्यहरुमा शिवराज पन्थि,किरण गौतम,दिप्तीशिखा चौधरी,बिमला घर्ती मगर,बसन्त परियार,रमा पोखरेल,बालकृष्ण पाण्डे,शिब घर्ती मगर,माधव कडेल रहनु भएको छ । अध्यक्ष सागर एक दशक देखि पत्रकारितामा क्रियाशिल रहदै आउँनु भएको छ । दंगीशरण गाउँपालिका २ निवासी सागर नयाँ युगबोध दैनिक,रेडियो नेपाल,रेडियो तुलसीपुर,रेडियो प्रकृतिका काम गर्दै गरि सक्नु भएको छ ।

नयाँ पदाधिकारीको पदभार ग्रहण कार्यक्रम बैशाख ५ गते महासंघका हुने निर्बमान अध्यक्ष टीका बस्नेतले जानकारी दिनुभयो । त्यस अबसरमा बोल्दै नव निर्वाचित अध्यक्ष सागरले पत्रकारको हक अधिकार स्थापित गर्नका लागि निरन्तर लाग्ने वताउँनुभयो । अध्यक्ष मण्डलका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन अध्यक्ष मण्डलका सदस्य दुर्गालाल केसीले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्