राप्ती ईन्जिनिएरिङ कलेजको सातौँ वार्षिकोत्सबको उद्घाटन सभामुखले गर्ने



सैघाली खबर

दाङ,३ बैशाख ।राप्ती ईन्जिनिएरिङ कलेजलको  वार्षिकोत्सबको सम्पूर्ण तयारी पुराभएको छ । भोली मंगलवार हुने बार्षिकोत्सबको उद्घाटन सभामुख कृष्णबहादुर महराले गर्ने कार्यक्रम रहेको कलेजका प्रबन्ध निर्देशक भिमसेन गिरीले जानकारी दिनुभयो । बार्षिकोत्सबको उद्घाटन बिहान सात बजे हुने भएको कलेजले जनाएको छ ।

वार्षिकोत्सबका अबसरमा पोखरा विश्वविद्यालय ईन्जिनिएरिङ संकाय प्रथम ब्याजका २०११ –२०१५ का दीपक खड्का, पोखरा विश्वविद्यालय बिसीए संकाय २०१३ –२०१७ का गोल्डमेडल प्राप्त आयुष श्रेष्ठलाई बिशेष सम्मान गर्र्ने कार्यक्रम रहेको कलेजका प्रिन्सिपल रेशम गिरीले जानकारी दिनुभयो अबसरमा सप्ताह व्यापी खेलकुद प्रतियोगिता समेत आयोजना गरिएको थियो ।

वार्षिकोत्सबका अबसरमा साँस्कृतिक कार्यक्रम, बिभिन्न जातजातीको साँस्कृतिक भेषभुषा प्रर्दशनी गरिने कलेजका प्रिन्सिपल गिरीले जानकारी दिनुभयो । वार्षिकोत्सबका अबसरमा भलिवल,फुटवल, लोकगीत प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएको गिरीले जानकारी दिनुभयो । वार्षिकोत्सबका अबसरमा आयोजित प्रतियोगितामा बिजयी हुने खेलाडीलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको गिरीले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्