/fjf a}+sdf skf{]/]6 zfvf pkk|wfgdGqL Pdj cy{dGqL s[i0faxfb'/ dx/f a'waf/ /fli6«o jfl0fHo a}+s s]Gb|Lo sfof{no ejgdf skf]{/]6 zfvfsf] pb3f6g sfo{qmddf dGtJo JoQm ub}{ . tl:a/ M /Tg >]i7, /f;;

देश आर्थिक समृद्धि र विकासतर्फ केन्द्रित : सभामुख महरा

By थाहा अनलाइन

April 16, 2018

सैघाली खबर काठमाडौं,३ बैशाख

सभामुख कृष्णबहादुर महराले देश आर्थिक समृद्धि र विकासतर्फ केन्द्रित भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघको राजनीतिक मामिला विभागका सहायक महासचिव मिरोस्ल्याभ जेन्कासंगको आज भएको भेटवार्ताको क्रममा सभामुख महराले नेपालमा संघीयता कार्यान्वयनको अभ्यास शुरु भएको भन्दै संविधान कार्यान्वयनका लागि ऐन, कानूनहरु निर्माण गर्नु अहिलेको प्रमुख कार्यभार रहेको बताउनुभयो ।

संसद सचिवालयमा भएको भेटवार्ताका क्रममा नेपालको दिगो विकास लक्ष्यका लागि भएका प्रयासहरु र संयुक्त राष्ट्रसंघले निर्वाह गर्दै आएको भूमिकाका विषयमा कुराकानी भएको छ ।सभामुख महराले शान्ति प्रक्रियाका धेरै कामहरु सम्पन्न भइसकेको भन्दै सभामुख महराले अब देश आर्थिक समृद्धि र विकासतर्फ पूरै केन्द्रित भएको बताउनुभयो ।

तीन चरणका निर्वाचनमार्फत् स्थानीय, प्रदेश र संघमा नयाँ सरकार निर्माण भइसकेको बताउँदै सभामुख महराले ५ वर्षभित्र जनताको जीवनस्तर बदल्ने गरी सरकार विकास र समृद्धितर्फ केन्द्रित रहेको बताउनुभयो ।

उक्त भेटमा सहायक महासचिव जेन्काले दिगो शान्ति र विकासका लागि संयुक्त राष्ट्रसंघ सदैव सहकार्यका लागि तयार रहेको बताउनुभयो । उहाँले नेपालको शान्तिप्रक्रिया सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै जेन्काले संयुक्त राष्ट्रसंघले मध्यस्थता गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।