मुख्य समाचार

सरकारले विदेश जाने कामदारले तिर्नुपर्ने शुल्क फेरि निर्धारण गर्ने

By थाहा अनलाइन

April 16, 2018

सैघाली खबर काठमाडौं,३ बैशाख

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारले तिर्नुपर्ने सेवा शुल्क फेरि निर्धारण गर्ने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै सेवा शुल्क निर्धारणका लागि समिति गठन गरेको जानकारी गराएको हो । आज बसेको बैदेशिक रोजगार प्रवद्र्धन बोर्डको बैठकले सेवा शुल्क निर्धारणका लागि साउदीका लागि पूर्व नेपाली राजदूत उदयराज पाण्डेको संयोजकत्वमा समिति बनाएको छ।

समितिले दुई महिना भित्रमा अध्ययन गरेर कुन देश जाँदा कति शुल्क तिर्नु पर्ने भन्ने प्रतिवेदन तयार गर्नेछ। यस्तै यही समितिलाई नयाँ गन्तव्य खोज्ने जिम्वेवारी समेत दिइएको श्रम मन्त्री गोकर्ण बिष्टले बताउनुभयो । मन्त्री बिष्टले यसअघि नै निर्णय भएको फ्री भिसा, फ्री टिकटको निर्णय भने कार्यान्वयन गरेरै छाड्ने प्रतिवद्धता पनि जनाउनुभएको छ । केही दिनभित्रैमा यो निर्णय कार्यान्वयनमा आउने समेत मन्त्री बिष्टले बताउनुभयो ।