आफ्ना बालबालिका सामुदायिक विद्यालयमा नै भर्ना गर्न शिक्षकहरुलाई प्रचण्डको आग्रह



सैघाली खबर
काठमाडौं,३ बैशाख

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना बालबालिका सामुदायिक विद्यालयमै भर्ना गर्न शिक्षकहरुलाई आग्रह गर्नुभएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठनले काठमाण्डौमा गरेको एउटा कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउन आग्रह गर्नुभयो ।

सामुदायिक विद्यालयको गुणस्तर बृद्धि गर्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डले त्यसका लागि सबैले प्रतिबद्धता गर्नुपर्ने धारणा राख्नुभयो । साथै निजी विद्यालयहरुका सम्बन्धमा शुल्क घटाउन दवाव सिर्जना गर्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डले अहिले निषेध नै गरेर जान नहुँने उल्लेख गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्