आयुष्माले चुमिन् लिटिल मिस दाङको उपाधी



बैसाख ३ दाङ । यस वर्षको लिटिल मिस दाङको उपाधी १२ वर्षीया आयुष्मा खड्काले जितेकी छन् । बैसाख २ गते घोराहीमा भएको फाइनल राउण्डमा १२ प्रतिष्पर्धीहरुलाई उछिनेर उनले ताज लिटिल मिसको ताज पहिरिइन् । उनलाई भव्य कार्यक्रमकाबीच प्रमुख अतिथी राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनाल र सल्लाहकार सुलोचना प्रधानले ताज पहिराउनु भएको थियो ।

ताज पहिरिदा आयुष्मा निकै खुशी र उत्साहित देखिएकी थिइन् । ‘लिटिल मिस दाङको विजेता बन्न पाउँदा निकै खुशी लागेको छ ।’ आयुष्माले उत्साहित हुँदै भनिन् ‘केही गर्नका लागि ढोका खुलेको महशुस भएको छ ।’

घोराही १५ शान्तिनगर टोल निवासी प्रकाश खड्का र आशा बस्नेत खड्काकी कान्छी छोरी आयुष्मा जनज्योति विद्या मन्दिरमा कक्षा ६ मा पढ्छिन् । पढाइ लगायत अतिरिक्त क्रियाकलापमा अब्बल आयुष्माको मोडलिङमा विशेष रुची छ । जीवनको लक्ष्य भने उनले डक्टर बन्ने बताइन् । उपाधी सहित उनले बेष्ट क्याटवाक अवार्ड पनि जितिन् ।

उत्सर्ग फिल्मस् नेपाल र रोयल ब्यूटी एकेडमीले संयुक्तरुपमा आयोजना गरेको लिटिल मिस दाङमा जिज्ञासा नेपाली फस्ट रनर अप भएकी थिइन् । उनले मिस अलराउण्डरको अवार्ड पनि जितिन् । प्रतियोगितामा सामना शर्मा स्टाइलिस अवार्ड सहित सेकेण्ड रनर अप भएकी थिइन् । भालुबाङकी ६ वर्षीया अनुष्का आचार्यले मिस ट्यालेन्ट अवार्ड जितेकी थिइन् ।

त्यसैगरी श्रृती चन्दले पब्लिक च्वाइस अवार्ड र ड्रेस अप अवार्ड, सायाङ पुन मगरले मिस क्यूट अवार्ड, सुधा जीएमले लिडरशीप अवार्ड, बिहानी शर्माले इन्टेलिजेन्ट अवार्ड, निरुता सिंह ठकुरीले ब्यूटी क्वीन, आरजू योगीले फ्रेण्ड्ली अवार्ड र अर्गनाइजर च्वाइस अवार्ड र आशिका शर्माले डिसिप्लीन अवार्ड जितेकी थिइन् । प्रतियोगिताको निर्णायकमा नेपाल जेसिजका पूर्व केन्द्रीय उपाध्यक्ष निशान्त आचार्य, चर्चित संगीतकार संतोष श्रेष्ठ र दाङ महिला जेसिजकी पूर्व अध्यक्ष एवं अधिकारकर्मी बिन्दु गिरी कुवर हुनुहुन्थयो ।

प्रतियोगितामा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएम, दाङ शाखा अध्यक्ष सबिन प्रियासन, नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य सुलोचना गौतम पोख्रेल, रेडियो स्वर्गद्वारीकर्मी एव. बिबिसी रिपोर्टर बसुन्धरा गौतम, अधिकारकर्मी सुशीला पौडेल, पूर्व उत्सर्ग स्टार समिक्षा पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा उत्सर्ग स्टार आदर्श योगी र उत्सर्ग कलाकेन्द्रका कलाकारहरु अंजु बस्नेत, नबीन वली, अबिरल थापा, अन्जली केसी, सिपी मगर र आशा परियारले नृत्य प्रस्तुत गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्