k|wfgdGqL Pj+ Pdfn] cWoIf s]kL zdf{ cf]nLsf] cWoIftfdf k|wfgdGqL lgjf; afn'jf6f/df a;]sf] g]skf -Pdfn]_ sf] :yfoL ;ldltsf] a}7s . a}7sdf jl/i7 g]tf Pj+ k"j{ k|wfgdGqLx? ;xefuL lyof] . t:jL/ ;f}hGo M k|wfgdGqLsf] lghL ;lrjfon÷/f;;

एमाको दाबी , एकता घोषणा वैशाख ९ मै हुनुपर्छ

By थाहा अनलाइन

April 17, 2018

 

 

सैघाली खबर, बैशाख ४ काठमाडौं । एमालेले माओवादी केन्द्रसँग एकता घोषणा वैशाख ९ गते नै गर्नुपर्ने निष्कर्ष निकालेको छ। सोमबार राति अबेरसम्म बसेको एमाले स्थायी कमिटी बैठकले दुई पार्टीले गठन गरेका संगठन र वैचारिक कार्यदलले प्रतिवेदन दिइसकेको र नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस वैशाख ९ नै एकता गर्नुपर्ने निष्कर्ष निकालेको हो। एकताका लागि गर्नुपर्ने आन्तरिक तयारी पूरा गरेर ढिलो नगरी अधिकतम सहमति गरी एकता घोषणा गर्नुपर्ने नेताहरुको जोड रहेको बैठकमा सहभागी स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए। प्रधानमन्त्री केपी शर्मा ओली सोमबार दिनभर अन्य कार्यक्रम स्थगन गरी एकता प्रक्रियासम्बन्धी छलफलमा जुटेका थिए। प्रधानमन्त्रीले सोमबार बिहान माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए। दुई दलबीचको एकता संयोजन समितिको बैठक मंगलबार बिहान राखिएको छ। प्रतिवेदनमा सहमति हुन बाँकी देखिएको एकता मिति, घोषणा प्रक्रिया, एकतामा सांगठनिक अनुपात, जनयुद्धबारेको विश्लेषणबारे निष्कर्षमा पुग्ने विश्वास गरिएको छ।