राप्ती ईन्जिनियरिङ कलेजको सातौँ बार्षिकोत्सब सम्पन्न, संमृद्ध दाङ निर्माणमा भुमिका खेल्न सभामुखको आग्रह



जनक नेपाली
दाङ, ४ ।

 

राप्ती ईन्जिनियरिङ कलेज दाङको सातौँ बार्षिकोत्सब सम्पन्न भएको छ । कलेजले मंगलवार विभिन्न कार्यक्रमको आयोजना गरी आफ्नो सातौँ बार्षिकोत्सब मनाएको हो । बार्षिकोत्सबको उद्घाटन सभामुख कृष्णबहादुर महराले गर्नु भएको थियो। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले संमृद्ध दाङ निर्माणमा भुमिका खेल्न विद्यार्थीलार्ई आग्रह गर्नुभयो ।
देश समृद्धिको यात्रामा अगाडी बढेको वताउँदै सभामुख महराले दक्ष जनशक्ति उत्पादन गर्न गुणस्तिरय शिक्षामा जोड दिनु मुख्य आबश्यकता भएको बताउँनुभयो । प्रमुख अतिथी समेत रहनु भएका महराले कलेजको दशबर्षे दौडानका क्रममा ८० प्रतिशत विद्यार्थीले रोजगार प्राप्त गर्न सफल भएको वताउँदै त्यसलाई निरन्तरता दिन कलेजलाई आग्रह गर्नुभयो ।

दक्ष जनशक्ति उत्पादन भएमात्र देश संमृद्ध बन्ने बताउँदै यो क्षेत्रमा कलेजले महत्वपूर्ण भुमिका निर्वाह गरेको वताउँनुभयो ।त्यसअबसरमा बोल्दै ५नं।प्रदेश सभा सदस्य अमरबहादुर डाँगीले प्राविधीक शिक्षा दैनिक जीवन स्तर संग जोड्दै लैजानु पर्ने धारणा राख्नुभयो ।

देश विकासको मेडुदण्ड भनेकै प्राविधीक शिक्षा भएको वताउँदै डाँगीले शिक्षा निति बनाउँदा प्राविधीक शिक्षामा बिषेश जोड दिनुपर्नै धारणा व्यक्त गर्नुभयो ।

पछिल्लो समय प्राविधीक शिक्षाको तिब्र बिकास भएको वताउँदै अबको शिक्षाले रचनात्मक प्रतिस्प्रर्धा गर्नुपर्ने बताउँनुभयो । वार्षिकोत्सबका अबसरमा पोखरा विश्वविद्यालय ईन्जिनिएरिङ संकाय प्रथम ब्याजका २०११ –२०१५ का दीपक खड्का र पोखरा विश्वविद्यालय बिसीए संकाय २०१३ –२०१७ का गोल्ड मेडल प्राप्त आयुष श्रेष्ठलाई प्रमुख अतिथि सभामुख महराले कदरपत्रले सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त,कलेजका प्रिन्सिपल रेशम गिरी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कलेज संचालक समितिका संयोजक शैलेन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कलेजका प्रबन्ध निर्देशक भिमसेन गिरीले गर्नु भएको थियो ।

 

।।।।।।।।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्