दाङको विकास योजना बनाउँन सभामुख देखि गाउँपालीकाका सदस्य सम्म एकै थलोमा



सैघाली खबर,

दाङ ४ बैशाख । संघीय संसदका सभामुख कृष्णबहादुर महरा, ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल, सांसदहरु र पालिका प्रमुखहरुले दाङको समृद्धिका लागि दूरदर्शी योजना बनाउन जुटेका छन् । उनीहरुले दाङको सर्वाङ्गीण विकासका लागि दूरदर्शी र प्रभावकारी योजना निर्माण गर्ने आयोजक जिल्ला समन्वय समिति दाङले जनाएको छ ।

सम्माननीय सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यमा घोराहीमा बृहत छलफल शुरु भएको छ । सभामुख महरा दाङ– २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । कार्यक्रममा दाङ– २ ९क० बाट प्रदेशसभामा निर्वाचित भई ५ नम्बर प्रदेशको मुख्यमन्त्री बनेका नेता शंकर पोख्रेलको पनि सहभागिता रहेको छ ।

दिनभर चल्ने छलफलले दाङको सर्वाङ्गीण र दूरदर्शी योजनाको खाका कोर्ने बताइएको छ । यो कार्यक्रममा धरणीधर शर्मा र रमेश अधिकारीले दूरदर्शी योजनाका विषयमा अवधारणापत्र प्रस्तुत गर्नेछन् । अवधारणापत्रको सेरोफेरोमा रहेर आआफ्नो क्षेत्र, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा केन्द्रित रहेर जनप्रतिनिधिहरुले टिप्पणी र सुझाव प्रस्तुत गर्नेछन् ।

दूरदर्शी विकासको खाका कोर्ने गरी हुन थालेको यो कार्यक्रममा दाङ– २ बाट निर्वाचित सभामुख कृष्णबहादुर महरा, दाङ– २ बाट प्रदेशसभामा निर्वाचित मुख्यमन्त्री शंकर पोख्रेल, दाङ– १ बाट निर्वाचित सांसद मेटमणि चौधरी, दाङ– ३ बाट निर्वाचित सांसद हिराचन्द्र केसी, दाङबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिकतर्फका सांसदहरु, दाङबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरु, प्रदेशसभाका सदस्यहरु, सबै उपमहानगरपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखहरु, सबै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुको सहभागिता रहेको छ । छलफलमा पत्रकार र विभिन्न क्षेत्रका विषय विशेषज्ञहरुको पनि सहभागिता छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्