सडक दुर्घटनामा परी ७ जना घाइते



सैघाली खबर,
रुकुम ४  बैशाख । चौरजहारी नगरपालिका–५ मा भएको सडक दुर्घटनामा परी ७ जना घाइते भएका छन् । घाइतेहरुको चौरजहारीस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।

घाइते हुनेमा चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्मा, लेखापाल लोकेन्द्र परियार रहेका छन् । यसैगरी घाइते हुनेमा वडा नं २ का पार्वती न्यौपाने, वडा नं ३ का तेजवहादुर वटाला, वडा नं ५ का भरत शर्मा रहेका छन् ।

विद्यार्थीको पोशाक वितरणका लागि जाँदै गर्दा नगरपालिकाको भे १ ज २४३ नम्बरको जिप चौरजहारी नपा वडा नं ४ को मेलैनाउलीमा दुर्घटनामा परेको हो । घाइतेहरुको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्