प्रभाबकारी भएन्, तुलसीपुरको हर्न निषेध अभियान



सैघाली खबर,
तुलसीपुर ४ बैशाख ।

तुलसीपुर बजार भित्रने ६ स्थानमा हर्न निषेध लेखिएका होर्डिङ बोर्डहरु राखिएको छ । तुलसीपुरको घोराही चोक, हात्ती खौवा चोक, बसपार्क, पुलचोक, बाहिनी चोक र सल्यान सडक खण्डको शिव नगर चोकमा हर्न निषेधित क्षेत्र लेखिएका होर्डिङ बोर्डहरु स्थापना गरिएको छ । ती बोर्ड देख्दा लाग्छ, तुलसीपुर बजार पूर्ण हर्नमुक्त छ । तर जब बजार प्रबेश गरिन्छ, बजार भित्रको ध्वनी प्रदुशनले थाहा हुन्छ, बास्तविक हर्न निषेध । तुलसीपुर उपमहानगरपालिका ५ ले बजारमा अत्यधिक हर्नले ध्वानी प्रदुशन हुन थालेपछि चालुआर्थिक बर्षको शुरु देखि बजारलाई हर्न निषेध क्षेत्र घोषण ग¥यो । तर त्यो घोषणा, घोषणामा मात्रै सिमित भयो ।

तुलसीपुर बजारमा हर्न निषेध भनी टाँगिएका बोर्डमा मात्रै सिमित भयो । बजारलाई हर्न निषेध क्षेत्र घोषण गरिएपनि त्यसले कुनै प्रभाब पारेको छैन् । स्थानीय तहमा जनप्रतिनिधि आईसकेपछि गरिएको हर्न निषेधित क्षेत्र घोषणले निकै चर्चा पाएको थियो । तर त्यो चर्चा अहिले शुन्य जस्तै बनेको छ । तुलसीपुर बजारलाई हर्न निषेध क्षेत्र घोषण गरिएपनि त्यसले कुनै प्रभाव नपारेको तुलसीपुर ५ निबासी दिपक रेग्मीले बताए । ‘ बजारलाई हर्न निषेध गरिएको पनि कुनै प्रभाब परेको छैन’ उनले भने‘टिटि, प्वाँ प्वाँको आवाज उस्तै छ ।’ यसलाई प्रभावकारी बनाउन सम्बन्धित पक्षले कदम चाल्नु पर्ने उनले बताए ।

सवारी चालकहरुको अटेरीका कारण आफुहरुले लागु गरेको नियम कार्यन्वयन हुन नसकेको तुलसीपुर उपमहानगरपालिका वडा नंबर ५ का अध्यक्ष बिरेन्द्र कुमार शाहले बताए । शाहले वडाले उक्त नियम बनाएपनि सवारी चालकको अटेरिले गर्दा सफल हुन नसकेको बताए । ‘बजारमा सवारी साधनको हर्नले गर्दा ध्वनी प्रदर्शन भएपछि हर्न निषेध क्षेत्र घोषण ग¥यौं ’ उनले भने ‘ तर सवारी चालकले अटेरी गरेपछि यो नियम लागु हुन सकेन् ।’ हर्न निषेधले हामी सबैको स्वास्थ्यलाई फाईदा हुन्छ भन्ने मानसिकता राखेर सवारी चालकले हर्न निषेधलाई पालन गर्नुपर्ने बताए । उनले भने ‘ हामी सवैका लागी हो भन्ने सोचाई राखेर सम्पुर्ण सवारी चालकहरुले सोच्नुपर्छ ।’

आफुले यसलाई प्रभावकारी बनाउन सबै यातायात समितिलाई आग्रह गरेपनि कार्यन्वयन हुन नसकेको बताए । अवका दिनमा प्रभावकारी रुपमा कार्यन्वयनका लागि सवै समिति संग छलफल गर्ने बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्