दीपिका फेरि पूर्व प्रेमी रणवीरसँगै



सैघाली खबर,
बैशाख ४ – रणवीर कपुर उनकी पूर्व प्रेमीका दीपिका पादुकोणसँग एकचोटी फेरि सँगै देखिने भएका छन् । तर उनीहरु एकसाथ चलचित्रमा नभएर र्‍याम्प शोमा देखिने भएका हुन् ।

डिजाइनर मनिष मल्होत्रा यो खुराले खुशी छन् कि रणवीर र दीपिका मिजवान वेलफेयर सोसाइटीको सहयोगमा आयोजित उनको तहको सातौं संस्करणको लागि र्‍याम्प वाकमा उत्रनेछन् ।
यसअघि यो शो अप्रिल ९ गते हुने भनिएको थियो । तर रणवीर र दीपिकाको स्वास्थ्यका कारण शो स्थगित भएको थियो । अब १९ अप्रिलमा दुईटै एकसाथ स्टेजमा र्‍याम्प गरिरहेका देखिनेछन् ।
डिजाइनरले इन्स्टाग्राममा तस्बिर सेयर गर्दै यो खबर सार्वजनिक गरेका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्