अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने तयारी



सैघाली खबर
काठमाडौं,४ बैशाख

सरकारले आगामी जेठबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले आगामी जेठको पहिलो हप्ताबाट त्रिभुवन अन्तराष्ट्रि«य विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याउने घोषणा गर्नुभएको हो ।

विमानस्थल २४ घण्टा नै सञ्चालन गर्ने आफ्नो लक्ष्य रहे पनि तत्कालका लागि सम्भव नदेखिएको पनि उहाँले बताउनुभयो । आज काठमाडौंमा पर्यटनविद्हरुको अन्तक्रिर्या कार्यक्रममा उहाँले ‘एयर स्पेस’ को उचित व्यवस्थापन गर्न अन्तराष्ट्रिय विज्ञहरुको समूह बनाउने तयारी गरिएको पनि जानकारी दिनुभयो ।

मन्त्री अधिकारीले मुलुकको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत र्पुयाउने महत्वकांक्षी योजना पनि अगाडी सार्नुभएको छ । सरकारी तथ्यांक अनुसार हाल नेपालको कूल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान २ दशमलव ८ प्रतिशत रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्