प्रदेश नम्बर ३ को राजधानी नसार्न काग्रेस सभापति देउवाको आग्रह



सैघाली खबर
काठमाडौं,४ बैशाख

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश राजधानी हेटौँडाबाट अन्यत्र नसार्न आग्रह गर्नुभएको छ । आज विहान प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँगको भेटमा सभापति देउवाले कांग्रेसको नेतृत्वमा रहेको तत्कालीन सरकारले हेटौँडालाई अस्थायी राजधानी तोकेको बताउँदै प्रदेशसभामा काभ्रेपलाञ्चोक र नुवाकोटलाई प्रदेश राजधानी बनाउन दर्ता भएको दुई प्रस्ताव तत्काल छलफलमा नल्याउन र त्यसबारे हाल निर्णय नगर्न आग्रह गर्नुभयो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल र प्रतिनिधिसभाका सदस्य विरोध खतिवडाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले पनि आज नेता देउवालाई भेटेर प्रमुख प्रतिपक्ष दलका नेताको हैसियतले अस्थायी राजधानी अन्यत्र नसार्नका लागि भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्