खेलकुद

आईपिएलमा आज मुम्बई र बैंगलोर भिड्दै

By थाहा अनलाइन

April 17, 2018

सैघाली खबर काठमाडौं,४ बैशाख

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्र्तगत आज एक मात्र खेल हुने भएको छ । आज हुने खेलमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्ने छन् । मुम्बईको वानखेडे स्टेडियममा राति साढे ८ बजेबाट खेल सुरु हुनेछ । अप्रिल ७ तारिखबाट सुरु भएको यस वर्षको आइपीएलमा यी दुवै टीमले अहिले सम्म कुनैपनि खेलमा जित हात पार्न सकेको छैन । गत वर्षको विजेता मुम्बई रोहित शर्मा र बैंगलोर विराट कोहलीको कप्तानीमा मैदानमा उत्रने छ ।