विकासका लागि दाङका जनप्रतिनिधि एक ठाउँमा



बिकासका लागि मिलेर काम गर्न सभामुखको आग्रह

जनक नेपाली
दाङ, ४ बैशाख । दाङका जनप्रतिनिधिहरु विकास निर्माणको कामलाई प्रभावकारी बनाउन एक ठाउँमा उभिएकाछन् । उनीहरुले अब टुक्रे विकासले जिल्लाको समृद्धि हुन नसक्ने धारणा व्यक्त गर्दै सबै जनप्रतिनिधिहरु मिलेर विकासका लागि एकीकृत योजना अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेकाछन् ।

संघीय,प्रदेश तथा स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि पहिलो पटक सबै जनप्रतिनिधिहरु एकीकृत विकासको योजना तय गर्न एक ठाउँमा जुटेका हुन् । यसै सन्दर्भमा जनप्रतिनिधिहरुले जिल्लाको समृद्धिका लागि दूरदर्शी योजना निर्माण गर्ने उद्देश्यले बृहत अन्तक्र्रिया कार्यक्रम गरेकाछन् । जिल्ला समन्वय समिति दाङको आयोजनामा भएको कार्यक्रममा जनप्रतिनिधिहरुले आफ्ना विकासका योजनाहरु समेत प्रस्तुत गरेकाछन् । उनीहरुले विकास निर्माण गर्दा दलीय विभाजन आउन नहुने धारणा व्यक्त गरेकाछन् ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य पदमा दाङबाट निर्वाचित तथा संघीय संसदका सभामुख कृष्णबहादुर महराले स्थानीय तहको विकासका काम प्रदेश र स्थानीय सरकार मार्फत गर्न आग्रह गरे । उनले संघीय सरकारले कानुन निर्माण गर्ने र प्रदेश र स्थानीय सरकारले कानुनको पालनागर्दै विकासको काम गर्नुपर्ने धारणा व्यक्त गरे ।

महराले श्रम,श्रोत साधन र पूँजीले मात्र देश विकासमा सहयोग पुग्ने बताउँदै समाजवादमा पुग्नका लागि सीप,श्रोत र साधन लगाउन आजको मूख्य आवश्यकता रहेको धारणा व्यक्त गरे । महराले चुनावमा जनतासँग गरेका प्रतिवद्धता पूरा गर्न सबै जनप्रतिनिधिहरु लाग्नूपर्ने धारणा व्यक्त गरे । दाङको समृद्धिका लागि कृषिजन्य वस्तुको उत्पादनमा सबैले ध्यान दिनुपर्ने भन्दै उनले ंिसचाईको व्यवस्थापनमा जिल्लाको गुहारखोला,कटुवा खोला लगायतका क्षेत्रमा हाईड्याम निर्माण गर्नुपर्ने वताए । उनले शिक्षा,स्वास्थ्य क्षेत्रको विकासका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदानमा ध्यान दिनुपर्ने वताउँदै देशमा व्याप्त वेरोजगार समस्या हल गर्न गाउँ÷गाउँमा सहकारी मार्फत अगाडी बढ्न सुझाव समेत दिए ।
दाङको संमृद्धिका लागि लुम्बिनी र रारा, कोइलावास र स्वर्गद्धारीलाई जोड्नु अहिलेको मूख्य आवश्यकता भएको महराको भनाई छ । लुम्विनी आउने पर्यटकलाई दाङ हँुदै रारा र भारतबाट आउने पर्यटकलाई दाङ हुँदै स्वर्गद्धारी पु¥याउन सके जिल्लालाई पर्यटनको क्षेत्रको ह्वको रुपमा विकास गर्न सकिने उनको धारणा रहेको छ । महराले दाङको घोराही मुर्कृटी, विपी मार्ग, शहीद मार्ग हुँदै रोल्पा, रुकुम घोराही रक्षाचौर र तुलसीपुर सुर्खेत सडक–खण्डलाई तत्काल सूचारु गर्नुपर्ने वताए ।

कार्यक्रममा बोल्दै ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सामूदायिक विद्यालयको शिक्षा तत्काल सुधार गर्न आग्रह गरे । विकास निर्माणका लागि शिक्षाको महत्वपूर्ण भूमिका हुने बताउँदै उनले त्यसका लागि शिक्षक समायोजनको समस्या तत्काल हल स्थानीय निकायलाई निर्देशन दिए । कार्यक्रमका विशिष्ट अतिथि पोखरेलले जिल्लाको समग्र विकासका लागि सबै गाउँपालिकाले गुरुयोजना निर्माण गरी त्यसैअनुरुप विकासका काम अगाडी बढाउनु पर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा दाङको दूरदर्शी योजना निर्माणका विषयमा धरणीधर शर्मा र रमेश अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमम जिल्ला समन्वय समिति दाङका सभापति जितेन्द्रमान नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्