प्रधानमन्त्री ओलीलाई विज्ञहरुको प्रश्न, “महाकाली भारतलाई दिएवापत आउने १२ खरब कहिले आउँछ ?”



काठमाडौँ
सैघालीखबर

नेपालमाथि भारतले चार आयामबाट हस्तक्षेप बढाएको विज्ञहरूले बताएका छन् । यो विषयमा नेपालका विज्ञहरुले भनेका छन् “नेपाली राष्ट्रियतामाथि भैरहेको अतिक्रमणका बारेमा प्रधानमन्त्री केपी शर्माओलीले भारत भ्रमणकाबेला चुँसम्म पनि बोलेनन् ।” विज्ञहरुले आफूलाई बडो राष्ट्रवादी हुँ भनेर गर्जने केपी शर्मा ओली दिल्ली गएर मोदीका सामु मुसा बनेर आएको पनि बताएका छन् ।

मङ्गलबार काठ्माण्डौमा नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेकपासहित चारदलले आयोजना गरेको ‘भारतसँगका असमान सन्धि÷सम्झौता र राष्ट्रियताको प्रश्न’ विषयक अन्तक्र्रिया कार्यक्रममा विज्ञहरुले उक्त कुरा बताएका हुन् ।

जलस्रोतविद् तथा पूर्वजलश्रोत मन्त्री दीपक ज्ञवालीले भने, ‘नेपालको जलस्रोतमाथि भारतले फेरि गिद्देनजर लगाएको छ तर नेपालमा भएका महाकाली लगायत असमान सन्धि, माथिल्लो कर्णाली, अरुण ३, कोसी उच्च बाँधका बारेमा प्रधानमन्त्री केपी ओलीले नरेन्द्र मोदीसँग केही पनि कुरा गर्न नसकेको बताए ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपालका ७१ स्थानको ६० हजार ६ सय २० हेक्टर जमिन भारतले मिचेको आँकडा पेस गरे । लिपुलेक लगायत सीमा मिचिएका स्थान फिर्ता गर्नेबारेमा ओलीले कुरै नउठाएको उनको भनाइ छ ।

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढामगरले अन्तकृयालाई सम्बोधन गर्दै भने‘ नेपालमा भारतको हस्तक्षेप झन बढ्दै गएको छ ,यहाँको जलस्रोत, भौगोलिक क्षेत्र र आर्थिक क्षेत्रमा भारतले हस्तक्षेप गर्दै आएको छ, यसबाट मुक्त हुनका लागि एकीकृत जनक्रान्तिको माध्यमबाट नेपालमा समाजवादी व्यवस्था गर्नुपर्छ ।

अर्थविद् एवं पूर्वगभर्नर तथा योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीको प्रश्न थियो, ‘महाकाली सन्धि संसद्बाट पारित हुँदै गर्दा केपी ओलीले वर्षको १२ खर्ब भारतले नेपाललाई दिने भएको छ भन्थे तर त्यो पैसा कहिल्यै आएन, यो कुरा नेपालीले किन बुझ्दैनन् ? भन्दै प्रश्न थिए ।

त्यसैगरी परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले भने, अहिले सम्मका सबै असमान सन्धिसम्झौता खारेज गरी पञ्चशीलका आधारमा नयाँ सन्धि गर्नुपर्छ देश बर्बाद हुन्छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्