गाडीको ठक्करबाट चौधरीको मृत्यु

By थाहा अनलाइन

April 18, 2018

सैघाली खबर, दाङ, ५ बैशाख । गाडीको ठक्करबाट दाङमा १ जनाको मृत्यु भएको छ । नम्वर नखुलेको गाडीको ठक्करबाट घोराही ८ वनगाउँ निवासी ३८ वर्षिय तुलसीराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

विहान साढे ५ वजेतिर घोराही ११ नारायणपुर नजिक बुकाली डाँडा भन्ने ठाउँमा गाडीको ठक्करबाट उनको ज्यान गएको हो ।

उनलाई ठक्कर दिने गाडीको भने पहिचान भएको छैन । यसबारे प्रहरीले व्यापक रुपमा अनुसन्धान गरिरहेको छ ।