समाचार

प्रचण्डले दुई बालकको जिम्मा लिने, स्कुल भर्ना गर्न आज आफै जाने

By थाहा अनलाइन

April 18, 2018

सैघाली खबर, काठमाडौं ५ वैशाख, ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले दुई जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने भएका छन्। चितवनको मेघौलीमा रहेका अल्पसंख्यक माझी र मुसहर समुदायका दुई बालबालिकाको उनले अभिभावकत्व ग्रहण गर्ने छन्। प्रचण्डले बुधबार चितवनको मेघौलीस्थित साझापुर माध्यमिक विद्यालयमा नौ वर्षका अरुण मुसहर र पाँच वर्षका पत्रुस माझीलाई विद्यायलय भर्ना गर्ने छन्। उनको अभिभावकत्वमा दुई बालकले कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्न पाउने प्रचण्डको निजी सचिवालयले जनाएको छ।