महेन्द्र महक
फरक भाषा । फरक देश । फरक संस्कृति । फरक खानपिन । र पनि मेरो र भिक्टरको दोस्ती जमेको थियो । उसको र मेरो एउटै कम्पनी हो । एउटै काम र कोठा पनि एउटै । म यस मुलुकमा आएको पाँच महिनापछि मात्रै ऊ आएको थियो । उसलाई मैले नै काम सिकाएँ । पाँच महिना बितिसक्दा पनि ‘होमसिकनेस’ले ग्रस्त थिएँ म । तर भिक्टरको संगतपछि यस्तो ‘सिकनेस’बाट बिस्तारै स्वस्थ हुँदै गएँ र यस मुलुकमा रमाउन थालें । उसलाई उट्पट्याङ कुरा गर्नमा कसैले जितेन । मान्छे हँसाउन र दोस्ती गर्न सिपालु थियो भिक्टर । चाँडै हिन्दी भाषाका लबज पनि सिक्दै गयो । ऊ जिब्रो फट्कार्दै सोध्थ्यो, “क्या हाल है श्रीमती सम्झन्छन् ।
भूतपूर्व प्रेमिकाको चुम्बन याद गर्छन् । र त्यही सनकमा ‘इमिरेट्स प्लाजा’ अथवा ‘हमदान स्ट्रिट’तिर चाइनिज तरुनीको खोजीमा निस्कन्छन् । बैंश बेच्दा बेच्दै बूढी भइसकेकी तरुनी ! रात हुँदै जान्छ । सुरापान गर्दै जाँदा बोतल पछि बोतल रित्तिन्छन् । यहाँसम्म भएकै छ । भइरहेकै छ मेरो कोठामा । अरु कोठामा पनि दोहरिन्छन् यी फेहरिस्तहरु । तर यसपछिका पनि कथा हुन्छन् । कहानी हुन्छन्, दुर्घटना हुन्छन् । जस्तो कि, बान्ता गर्नु । जस्तो कि, मारपिट गर्नु । रातभरि हुलदंगा मच्चाउनु र अर्को दिन ड्युटी नजानु । जस्तो कि, साथीहरुलाई सुत्न नदिनु र अर्को दिन कामको समयमा उँघ्न बाध्य पार्नु । यस्ता दुर्घटना भएकै छन् । भइरहेकै छन् । परदेश आएर क्याम्पको जिन्दगी बिताइरहेका धेरैको भोगाइ हो यो । धेरै प्रवासीहरुले अनुभव गरेका हुन्छन् यी दुर्घटनाहरु ।
भनेजस्तो काम नपाउनुको पीडा, तलब कम हुनुको दुःख र परदेश– सबै कुरासँग भिज्दै यसरी दिन, महिना बिताइरहेको बेला भिक्टरसँग सोच्दै नसोचेको यस्तो दुर्घटना होला भन्ने मैले कल्पना पनि गरेको थिइनँ । फुर्सदको बेला र बिदाको दिनमा ऊ स्काइपमा आफ्नी श्रीमतीसँग कुरा गथ्र्यो । छेऊमा खेलिरहेको अढाई वर्षको बच्चा देखाएर ‘माइ बेबी’ भनेर छोरासँग पनि मलाई चिनाएको थियो । म ‘हाइ’सम्म भन्थें उसकी
श्रीमतीलाई । हरेक रात एक घन्टा प्रेमिकासँग बात माथ्र्यो । दिनमा चार÷पाँच पटक फोनमा कुरा हुन्थ्यो । स्काइपमा त्यतिकै समय बिताउँथ्यो । लिलियान । ऊ लिली भन्थ्यो आफ्नी प्रेमिकालाई । अरबीको घरमा खदामा छ ऊ । यहाँ आएको एक वर्ष हुन लागेछ । स्काइपमा नै भेट भएको रे– लिली र भिक्टरको । ‘यो फ्राइडे बोलाएकी छे !’ उसले प्रफुल्ल मुद्रामा मलाई बताएको थियो– पहिलो पटक उसलाई भेट्न जाँदा । त्यसपछिका दिनमा ऊ लिलीलाई भेट्न छुट्टी कुर्न थाल्यो । महिनामा कम्तिमा दुई पटक त जान्थ्यो नै ।
हामी बसेको ठाउँबाट तीन घन्टाको बस यात्राबाट पुगिन्छ उसकी मायालु बसेको ठाउँमा । शारजहाँ जाँदा चार दिनमा कमाउने पैसा उसले एक पटक प्रेमिका भेट्न जाँदा नै सक्थ्यो । चार महिनाजति सँगै काम गरेपछि भिक्टर अर्को ठाउँमा काम गर्न थालेको थियो । कोठा र कम्पनी उही भए पनि काम गर्ने ठाउँ फरक–फरक भएदेखि बिदाको दिनबाहेक अरु दिनमा साँझ मात्रै भेट हुने भयो । लिलीलाई भेटेर फर्केपछि उसँगको रसरङ्ग रोचक पाराले सुनाउँथ्यो मलाई । उसकी श्रीमतीलाई लिलीयानको बारेमा केही पनि थाहा थिएन । भिक्टर भन्थ्यो, उसकी प्रेमिका पनि विवाहिता हो । र, उसको श्रीमान साउदीमा त्यस घरमा काम गर्ने खदामासँग सुत्न डर लाग्दैन तँलाई
‘यू आर चिटिङ योर वाइफ भिक्टर !’ ऊ हाँसेर जवाफ दिन्थ्यो, ‘इट्स लाइफ पारे !’ एकदिन यसरी नै लिलीयानलाई भेटन गएको थियो ऊ । दुई÷तीन दिन काममा आएन । अनि सुपरभाइजरले खोजी ग¥यो । कम्पनीको हेडअफिसमा खबर पुगेछ– भिक्टर जेलमा छ । उसकी प्रेमिका र ऊ दुबै जेल परेछन् । स्थानीयको घरमा बिना अनुमति प्रवेश गर्नु । उसको पहिलो अपराध । ट्रेस्पासर विल बि प्रोस्क्युटेड । विवाहेत्तर सम्बन्ध हुनु । उसको दोस्रो अपराध । सँगै सोमरसमा डुब्ने, मलाई उदासीको बेलामा
पनि हँसाउने साथी एक्कासी जेल परेको खबरले म मर्माहत भएँ । ऊ मेरो भाषा र देश बोल्ने मान्छे थिएन । यो साँचो हो । तर, उसले भोगेको गरिबीको पीडा र बेरोजगारीको बोझ एउटै थियो । परदेशिनुको दुःख पनि उस्तै थियो । अझ ऊसँग रमाइला क्षणहरु बिताएको थिएँ मैले । ऊ जेल परेको खबर अप्रत्याशित र अकल्पनीय थियो मेरो लागि । उसलाई कति लामो जेल सजाय हुने हो ? उसले गरेका अपराधका लागि उसले कति लामो सजाय पाउने हो, मलाई कुनै अनुमान छैन ।
यो दुर्घटना भएको दश महिनापछि मलाई थाहा भयो– भिक्टरलाई डिपोर्ट गरिदैछ । यस्तो हल्ला आएको थियो कोठामा र काम गर्ने ठाउँतिर । उसका नजिकका स्वदेशी साथीहरुबाट । उसको लगेज प्याक गरेर राखिदिएका थिए उनीहरुले । माइकल भिक्टरको छिमेकी रहेछ फिलिपिन्समा पनि ।
भिक्टर जेल परेलगत्तै सबैभन्दा पहिला माइकलले यो कुरा थाहा पाएछ । सम्पर्कविहीन पतिबारे सोधपूछ गर्दा माइकलले भिक्टरकी श्रीमतीलाई के जवाफ दियो होला ? सत्र तारेखका दिन म र माइकल एयरपोर्टमा पुग्छौं । जेल सजाय काटेर डिपोर्टमा पर्नेहरुलाई जहाजसम्म पुग्न छुट्टै बाटो हुन्छ । यो एयरपोर्टबाट उनीहरुलाई डिपोर्ट गर्न ‘स्टाफ इन्ट्रान्स’को बाटो प्रयोग गरिन्छ । हामी गेटको मुखमा भिक्टरलाई कुरेर बस्यौं । मौका मिल्नेबित्तिकै भिक्टरलाई उसको लगेज जिम्मा लगाउने हाम्रो सोच थियो ।
हामीजस्तै अरु–अरु पनि डिपोर्ट हुन लागेका आफन्त र साथीहरुलाई कुरेर बसेका छन् । साना ठूला लगेजका साथ । साँझको सात÷आठ बजे दुईवटा प्रहरीका गाडीहरु आएर सडकमा रोकिए । यसपछि एयरपोर्टभित्र पस्ने त्यो बाटो वरपर उभिएका जति सबैलाई हटायो प्रहरीले र बाटो ‘क्लियर’ ग¥यो ।
झ्यालसमेत बलिया जालीले बन्द रहेका ती दुईवटा ठूला बसबाट जोडा–जोडामा ओर्लिए कैदीहरु । हातमा हत्कडी अनि खुट्टामा नेल । साथीसँग चाल मिलाएर हिड्नुपर्ने असजिलो गरी । कैदीहरु लामबद्ध भए । बोल्न अनुमति छैन । दुई÷चारजनाले आफूले ल्याइदिएका साना झोलाहरुसम्म दिन भ्याए । प्रायले त्यही पनि भ्याएनन् । ‘मन्नु भाइ । मन्नु है । नट अलाउड !’ सामान दिन खोज्नेहरुलाई अनुमति छैन भनेर पर–पर भगाउँछ प्रहरी ।
पाकिस्तानी, बंगाली, भारतीय, मिश्री…। उनीहरु त्यसै जेल परेका थिएनन् । कैदीहरुको पंक्तिमा लामबद्ध थिए– ज्यान मार्ने उद्यममा जेल परेकाहरु, यौनहिंसामा जेल परेकाहरु, गैरकानूनी रुपमा यो देशमा बसोबास गर्दा पक्राउ परेकाहरु, रक्सीको उन्मादमा साथीको टाउको फुटाउनेहरु, अश्लील भिडियो, पान, रक्सी र चोरीका सामान बेच्नेहरु, चोरी गर्नेहरु, आपूmले काम गर्ने कम्पनी अथवा संस्थाको हिसाबकिताब हिनामिना गर्नेहरु अथवा कम्पनीको सामान चोरेर बेच्नेहरु, मारपिट, हुलदंगा गर्नेहरु । अरु किसिमका पनि आरोप लागेका हुन सक्छन् तिनलाई । तर, ती सबैमा एउटा समानता थियो ।
तिनीहरु कामदार बनेर आएका थिए यस मुलुकमा । हात फुका थिए, काम गर्नका लागि । पसिना बगाउनका लागि । तर, अहिले उनका हातमा हत्कडी छ । खुट्टामा नेल । कुनै दिन सँगै काम गर्ने साथीसँग विवाद हुँदा रक्ताम्य हुन्जेल मारपिट गरेकाहरु यतिबेला हत्कडीका साथ साथीसँग चाल मिलाएर हिडिरहेका छन् । एकछिनपछि तिनीहरु त्यो अप्ठ्यारो हतकडीको कैदबाट मुक्त भएर आ–आफ्नो देश फर्कनेछन् । महिनौं– सायद वर्षौंदेखि झुस्स पालेका दाह्री । जिङ्रिङ कपाल । मैलो लुगा । कतिको खुट्टामा चप्पल थिएन । आफ्नो देशको विमानस्थल खाली खल्ती ओर्लिनेछन् । खाली खुट्टा नै हिड्नेछन् आफ्नो माटोमा । म सोच्छु– आफूले पठाएको रेमिटान्स उनलाई एयरपोर्टमा स्वागत गर्न आउँछ होला ? खै ! भिक्टरले भनेको सम्झन्छु– इट्स लाइफ पारे !
प्रहरी नाम पुकार्दै ‘डक्युमेन्ट’ हातमा दिन्छ । यो टिकट हो उनीहरु देश फर्किने । तर त्यहाँ भिक्टर देखिएन । कैदीहरुको लाममा भिक्टर थिएन । प्रहरीले भिक्टरको नाम पुकारेन । माइकल र म निरास फर्कियौं कोठामा । कुन एयरपोर्टबाट कहिले डिपोर्ट हुने हो भिक्टर ? उसले कति लामो सजाय पायो ? केही थाहा छैन मलाई । हल्लाको भरमा उसलाई एयरपोर्ट भेट्नका लागि गएको थिएँ ।
भेट भएन । मन खिन्न भयो । उसलाई पनि हातखुट्टामा हत्कडी लगाएर एयरपोर्टबाट यसरी नै डिपोर्ट गरिएको हुन सक्छ । अथवा डिपोर्ट हुने तयारीमा छ ऊ । सायद कुनै दिन उसलाई पनि जेलरले ‘मुसाफिर’ भन्नेछ र घर जान तयारी अवस्थामा बस्न अह्राउने छ । घर जाँदा उसले खुट्टामा चप्पल लगाएको हुन सक्छ र नलगाएको पनि हुन सक्छ । उसको लुगा सफा हुन पनि सक्छ र नहुन पनि सक्छ । तर मलाई एउटा कुरा भने थाहा छ– डिपोर्ट भएर घर फर्किदै गर्दा उसको आँखामा आफ्नी श्रीमती र छोराको तस्वीर भने पक्कै हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।