अमेरिकाकी पूर्वप्रथम महिला बारबरा बुशको निधन



सैघाली खबर,
संयुक्त राज्य अमेरिकाकी पूर्वप्रथम महिला बारबरा बुशको निधन भएको छ। उनी ९२ वर्षकी थिइन्।
पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुशको कार्यालयलद्वारा जारी एउटा वक्तव्यमा ‘परिवार साक्षरताको क्षेत्रमा कहिल्यै नथाक्ने एक अभियानकर्मी’ का रूपमा बारबरा बुशलाई वर्णन गरिएको छ।
उनी केही समययता बिरामी थिइन् र थप उपचार गराउन अस्वीकार गर्दै आएकी थिइन्।
उनले आफ्नो जीवनका अन्तिम दिनहरू परिवारसँग ‘आरामका साथ’ बिताउन चाहेको बताएकी थिइन्।
उनी पूर्वराष्ट्रपति जर्ज बुशकी श्रीमती र जर्ज डब्ल्यू बुशकी आमा थिइन्।
आफ्ना छोरा र श्रीमान्‌ले राष्ट्रपतिका रूपमा शपथ खाएको देख्ने उनी एकमात्र महिला थिइन्।
बारबरा बुश एउटा राजनीतिक वंशको शक्तिशाली महिला थिइन्।

सन् १९९० को दशकतिर ह्वाइट हाउसमा उनी राष्ट्रपतिकी श्रीमतीका रूपमा परम्परागत भूमिकामा मात्रै सीमित रहिनन्।
उनले परिवार साक्षरताका लागि एउटा प्रतिष्ठानको स्थापना गरिन् र उपेक्षामा परेका अमेरिकी आमाबुबा तथा छोराछोरीलाई लेखपढ गर्न सघाइन्।
गर्भपतनबारे अझ उदारवादी अधिकारलाई समर्थन गर्दै उनी आफ्ना श्रीमान्‌को रिपब्लिकन पार्टीका समर्थकहरूको विरोधमा उभिइन्।
उनको निधनप्रति अमेरिकाभरिबाट राजनीतिक संस्थापनले श्रद्धाञ्जली व्यक्त गरिरहेको छ।

बारबराका श्रीमान् जर्ज बुश सिनियर सबैभन्दा लामो समय बाँच्ने अमेरिकी राष्ट्रपति हुन्।
उनी ९३ वर्षका छन्।
उनीहरूका छोरा जर्ज डब्ल्यू बुश सन् २००० मा राष्ट्रपति निर्वाचित भएका थिए र अमेरिकाको ४३ औँ राष्ट्रपतिका रूपमा दुईवटा कार्यकाल सम्हालेका थिए। बीबीसी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्