मनोज पुनका सहयोगी

By थाहा अनलाइन

April 18, 2018

सेैघाली खबर, बुटवल,५ बैशाख । कुख्यात डन मनोज पुनलाई सघाउनेमा राजनीतिक दलका नेता र व्यवसायी नै रहेको रहस्य खुलेको छ। रुपन्देहीमा हत्या आतंक मच्याउने पुनका गतिविधिलाई सघाउने माओवादी केन्द्रका केन्द्रीय सदस्य र एमालेनिकट युवा संघका पूर्व नेता र एकजना व्यवसायी पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बुटवलमा पत्रकार सम्मेलन गरी एमाओवादी केन्द्रीय सदस्य देवदह नगरपालिका ४ का लेखनाथ न्यौपाने, युवा संघका पूर्व जिल्ला नेता बुटवल ७ शिवनगरका उत्तम आचार्य, मदिरा उद्योगी बुटवल ४ का हरिप्रसाद श्रेष्ठ, देवदह ६ का रोशन खड्का र देवदह ५ का तुल्सी न्यौपानेलाई सार्वजनिक गरेको हो।

उनीहरुले एक महिना अघि प्रहरी इन्काउन्टरमा मारिएका पुनलाई सहयोग गरेका थिए। पुनको सहयोगीको रुपमा नारायण बस्नेतलाई गोली हानी ज्यान मार्ने उद्योग गरेका, दुर्गा तिवारीलाई गोली हान्ने हत्या, वसन्त पौडेलको हत्या र भारतीय अपराधी विट्टु सिंहसंग निरन्तर सम्पर्कमा रही आपराधिक कार्यमा सहयोग पु¥याएको अभियोगमा पक्राउ परेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए।