प्रतिनिधिसभा सदस्य केसी बने दुई बिद्यार्थीको अभिभावक



सेैघाली खबर,

तुलसीपुर  ५  बैशाख ।

प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी तुलसीपुरका दुई बिद्यार्थीको अभिभावक बनेका छन् । घरको आर्थिक अबस्था कम्जोर भएकाले पठन पाठनमा समस्या भएको भन्दै दुई बिद्यार्थीलाई कक्षा १० सम्म लाग्ने पढाई शुल्क ब्यहोर्ने प्रतिनिधिसभा सदस्य केसीले बताए । उनकै पहलमा तुलसीपुरका सबिना नेपाली र शिवराज मल्ललाई तुलसीपुर ६ को सेन्टर माबिमा भर्ना समेत गरिएको छ । नेपालीलाई कक्षा १ मा र मल्ललाई कक्षा ४ मा भर्ना गरिएको हो । भर्ना अभियानकै क्रममा सेन्टर माबिमा एक कार्यक्रम गरि सांसद केसीले उनीहरुको पढाई खर्च, पोषाक, कपी,कलम सहयोग गर्ने घोषणा गरेका हुन् ।

आर्थिक अभाबकै कारण कुनै पनि बालबालिका पढाईमा बञ्चित हुननहूने भन्दै उनले आर्थिक अबस्था कमजोर भएका दुई बालबालिकालाई अभिभाबकत्व प्रदान गरेको उनले बताए । नयाँ शैक्षिक शत्रको भर्ना अभियान चलिरहेको भन्दै उनले बिद्यालय जाने उमेरका कुनै पनि बालबालिका बिद्यालय जानबाट बञ्चित हुननहूने बताए । त्यसका लागि सरोकारवाला निकायहरु चनाखो बन्नु पर्ने उनले बताए ।‘आर्थिक अबस्था कम्जोर भएकै कारण कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित हुनुहुँदैन्’ उनले भने ‘ चालु शैक्षिक सत्रका लागि बिद्यालय जाने उमेरका सबै बालबालिका बिद्यालय भर्ना भएको हुनुपर्छ ।’

सेन्टर माबि ब्यबस्थापन समितिका अध्यक्ष लेखतराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगर शिक्षा समिति संयोजक देवराज बिश्वकर्मा, वडा नंबर ६ का अध्यक्ष नबराज लामिछानेलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

बिद्यालयका सह–प्रधानध्यापक भोला पौडेलले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण शिक्षिका रमा आचार्यले गरेकी थिईन् ।।

((

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्